बिएल संवाददाता
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी एमालेका सबै मन्त्रीलाई आफ्नो निवास बालकोटमा बोलाएका छन्।
सत्ता समीकरण फेरिने चर्चाबीच अध्यक्ष ओलीले मन्त्रीहरूलाई साँझ ६ बजे बालकोट बोलाएका हुन्। यद्यपि बालकोट बालकाेट बाेलाउनुकाे कारण थाहा नभएको एक मन्त्रीले बताए।
हाल मन्त्रिपरिषद्को बैठकमा रहेका एमाले मन्त्रीहरु सो बैठकपछि ओली निवास बालकोट जाने भएका छन्।
एमालेबाट सरकारमा रघुवीर महासेठ, पदम गिरी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, दामोदर भण्डारी, ज्वालाकुमारी साह र बलराम अधिकारी रहेका छन्।
यसअघि आजै बिहान अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चार घण्टाभन्दा बढी छलफल गरेका थिए। छलफलमा राष्ट्रिय सरकार बनाउने विषयमा समेत छलफल भएको थियाे।
शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि तरंगित भएको राजनीतिक वृतमा कांग्रेस- एमालेको सरकार बन्ने चर्चा चलिरहेको छ। साेही चर्चाबीच मन्त्रीहरूलाई बालकाेट बाेलाउनुलाई अर्थपूर्ण रूपमा हेरिएकाे छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया