बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य निशा डाँगीले आफ्नाेबारेमा सञ्चारमाध्यमले भ्रम फैलाएकाे भन्दै आपत्ति जनाएकी छन्।
सञ्चारमाध्यममा ‘रास्वपा बैठकमा ५२ जनामध्ये निशा डाँगीमात्र मुकुलमाथि कारबाहीको विपक्षमा’ भन्ने शीर्षकमा प्रकाशित भएकाे समाचारप्रति गम्भीर भएकाे भन्दै उनले आपत्ति जनाएकी हुन्।
‘सञ्चारमाध्यममा ‘रास्वपा बैठकमा ५२ जनामध्ये निशा डाँगीमात्र मुकुलमाथि कारबाहीको विपक्षमा’ भन्ने शीर्षकमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ’, उनले लेखेकी छन्, ‘महामन्त्रीमाथि कारबाही गर्ने केन्द्रीय समितिको निर्णयमा नै मैले हस्ताक्षर गरेकी छु।’
उनले भ्रामक, तथ्यहीन, कपोलकल्पितरूपमा सिर्जना गरिएको र कुनै सत्यता नरहेको उक्त समाचारप्रति खेद प्रकट गर्दै पत्रकारिताको न्यूनतम मर्यादा कायम राख्न आग्रह गरेकी छन्।
बुधबार सम्पन्न केन्द्रीय समिति बैठकमा रास्वपा सांसदहरुले निलम्बित महामन्त्री मुकुल ढकालकाे प्रतिवेदन र उनकाे कारबाहीकाे विषयमा मत जाहेर गरेका थिए।
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया