बिएल संवाददाता
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले संसदको सामना गर्ने आँट गर्नुपर्ने बताएका छन्।
दशाैँ महाधिवेशनस्थल प्रज्ञा भवन कमलादीमा शुक्रबार सञ्चारकर्मीहरूसँगकाे कुराकानीमा अध्यक्ष नेपालले यस्ताे बताएका हुन्।
‘हामी अहिलेको यो सरकारमा कायम रहेका छौँ। यो सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्छ। हाम्रो पार्टीहरूको बीचको सम्बन्धलाई कायम राख्नुपर्छ’, उनले भने।
अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत लिने कुरालाई आफ्नो पार्टीको समर्थन रहेको बताए।
उनले राष्ट्रिय महत्वको, सरोकारको विषयमा व्यापक छलफल गरेर अगाडि बढ्नुपर्नेमा कांग्रेस र एमालेले मात्र खुसुक्क सहमति गर्नु आपत्तिजनक रहेको बताए।
‘राष्ट्रिय सरोकारका विषयमा व्यापक परामर्श गरेर अगाडि बढ्नुपर्थ्यो। दुइटाले खुसुक्क गर्नेकुरा उचित होइन’,अध्यक्ष नेपालले भने, ‘यसलाई जायज भन्न सकिँदैन। कम्तिमा १२/१३ वटा पार्टीहरू छन्, तिनीहरूलाई बोलाएर यसो गरौं न भनिएको भए के बिग्रिन्थ्यो।’
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया