बिएल संवाददाता
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले संसदको सामना गर्ने आँट गर्नुपर्ने बताएका छन्।
दशाैँ महाधिवेशनस्थल प्रज्ञा भवन कमलादीमा शुक्रबार सञ्चारकर्मीहरूसँगकाे कुराकानीमा अध्यक्ष नेपालले यस्ताे बताएका हुन्।
‘हामी अहिलेको यो सरकारमा कायम रहेका छौँ। यो सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्छ। हाम्रो पार्टीहरूको बीचको सम्बन्धलाई कायम राख्नुपर्छ’, उनले भने।
अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत लिने कुरालाई आफ्नो पार्टीको समर्थन रहेको बताए।
उनले राष्ट्रिय महत्वको, सरोकारको विषयमा व्यापक छलफल गरेर अगाडि बढ्नुपर्नेमा कांग्रेस र एमालेले मात्र खुसुक्क सहमति गर्नु आपत्तिजनक रहेको बताए।
‘राष्ट्रिय सरोकारका विषयमा व्यापक परामर्श गरेर अगाडि बढ्नुपर्थ्यो। दुइटाले खुसुक्क गर्नेकुरा उचित होइन’,अध्यक्ष नेपालले भने, ‘यसलाई जायज भन्न सकिँदैन। कम्तिमा १२/१३ वटा पार्टीहरू छन्, तिनीहरूलाई बोलाएर यसो गरौं न भनिएको भए के बिग्रिन्थ्यो।’
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया