बिएल संवाददाता
नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी संघीय संसद सचिवालयलाई गराएको छ।
पार्टी संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले संघीय संसद महासचिवलाई पत्र लेख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी दिएको छ।
पत्रमार्फत प्रमुख सचेतक बर्तौलाले राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनैतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको उल्लेख गरेका छन्। यसैका लागि प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरिएको उनले बताएका छन्।
प्रमुख सचेतक बर्तौलाले एमाले सदनमा प्रतिपक्षमा रहने पनि पत्रमार्फत जानकारी गराएका छन्।
कांग्रेस-एमालेबीच नयाँ गठबन्धनको सहमति भएपछि एमालेका मन्त्रीहरुले असार १९ गते नै राजीनामा दिएर सरकार छोडिसकेका छन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया