बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते विश्वासको मत लिने भएका छन्।
संसद सचिवालयलाई पत्र लेख्दै प्रधानमन्त्रीले २८ गतेको संसद बैठकमा विश्वासको मत लिने जानकारी गराएका हुन्।
यद्यपि बिएल नेपाली सेवासँग शुक्रबार प्रधानमन्त्री सचिवालय स्रोतले आउने आइतबार प्रचण्डले पदबाट राजीनामा दिने तयारी गरेको बताएको थियो।
संविधानअनुसार सरकारमा सहभागी दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ। साेही प्रावधानअनुसार प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा २ बमोजिम विश्वासको मत लिनेछन्।
एमालेले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्ड विश्वासको मत लिनुपर्ने बाध्यतामा पुगेका हुन्।
गत सोमबार मध्यरातमा एमाले र नेपाली काँग्रेसबीच सरकार बनाउने सहमति भएसँगै प्रचण्ड नेतृत्वको सरकार संकटमा परेको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया