बिएल संवाददाता
नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल राजीनामा दिन आग्रह गरेको छ।
आइतबार बिहान संसद भवनस्थित ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेकाे प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
‘पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परिसकेकाेले तत्काल राजीनामा दिनुपर्छ’, उनले भने।
अल्पमतमा परेको प्रचण्ड नेतृत्वको सरकारले निर्णयहरू गरिरहेको भन्दै दीर्घकालीन असर पर्ने निर्णय नगर्नसमेत आग्रह गरेको प्रमुख सचेतक बर्तौलाले बताए।
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिन पत्र पठाएको प्रसंग उल्लेख गर्दै उनले राजीनामा नदिएर विश्वासको मत लिएमा आफूहरुले विपक्षमा मतदान गर्ने निर्णय गरेको बताए।
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया