बिएल संवाददाता
नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काे राजीनामा माग गरेकाे छ।
प्रतिनिधिसभा बैठककाे शून्य समयमा बाेल्दै एमाले सांसद महेश बर्तौलाले बुहमत गुमाएकाे सरकार पदमा रहिरहन साेभनीय नहुने भन्दै प्रधानमन्त्री राजीनामा माग गरेका हुन्।
‘वर्तमान सरकारले सामान्य मत मात्र हाेइन, बहुमत गुमाएकाे छ। बुहमत गुमाएकाे सरकार पदमा रहिरहने कुरा साेभनीय हुँदैन, त्याे अनुचित हुन्छ’, उनले भने।
एमालेका प्रमुख सचेतकसमेत रहेका बर्तौलाले प्रधानमन्त्रीलाई नेपाली काँग्रेस र एमालेबीचकाे नयाँ राष्ट्रिय सरकार निर्माणकाे अभियानलाई सहयाेग गर्न आग्रह गरे।
उनले भने, ‘नेपाली काँग्रेस र नेकपा एमालेका बीचमा नयाँ राष्ट्रिय सरकार निर्माण गर्ने सहमति भएकाे छ। नयाँ राष्ट्रिय सरकार निर्माणकाे याे एउटा अभियानलाई सहयाेग गर्न, मार्ग प्रशस्तका लागि म सम्माननीय प्रधानमन्त्रीज्यूलाई हार्दिक आग्रह गर्न चाहन्छु।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया