बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)ले कसैले चाहँदैमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काे राजीनामा नआउने बताएकाे छ।
आइतबार प्रतिनिधिसभा बैठककाे शून्य समयमा बाेल्दै माओवादी सांसद लेखनाथ दाहालले प्रधानमन्त्रीले संवैधानिक प्रावधानअनुसार विश्वासकाे मत लिने भन्दै राजीनामा नदिने बताए।
‘सरकारलाई समर्थन दिएकाे राजनीति दलले विश्वासकाे मत छैन भनेर फिर्ता लिइसकेपछि सरकारले एक महिनाभित्र विश्वासकाे मत लिने संवैधानिक प्रावधान छ। संवैधानिक प्रावधानअनुसार नै सम्माननीय प्रधानमन्त्रीज्यूले यही २८ गते विश्वासकाे मत लिने निर्णय गरिसक्नुभएकाे छ’, उनले भने, ‘यसै सन्दर्भमा संवैधानिक प्रावधानअनुसार विश्वासकाे मत लिन खाेज्नुभएकाे के अनैतिक हुनु हाे? कसैले चाहँदैमा राजीनामा आउँदैन। तपाईंहरूकाे इच्छाले राजीनामा प्राप्त हुँदैन।’
सांसद दाहालले प्रधानमन्त्री प्रचण्डले यही २८ गते विश्वासकाे मत लिने प्रक्रियासम्म पर्खिन काँग्रेस-एमालेलाई आग्रहसमेत गरे।
‘संवैधानिक व्यवस्थाअनुसार नै सरकार अगाडि बढ्छ। २८ गते विश्वासकाे मत लिने प्रक्रियासम्म यहाँहरूलाई पर्खिन पनि आग्रह गर्छु। काेही अनैतिक र भ्रष्टहरूले नैतिकताकाे पाठ पनि सिकाइरहनु पर्दैन’, उनले भने।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया