बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)ले कसैले चाहँदैमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काे राजीनामा नआउने बताएकाे छ।
आइतबार प्रतिनिधिसभा बैठककाे शून्य समयमा बाेल्दै माओवादी सांसद लेखनाथ दाहालले प्रधानमन्त्रीले संवैधानिक प्रावधानअनुसार विश्वासकाे मत लिने भन्दै राजीनामा नदिने बताए।
‘सरकारलाई समर्थन दिएकाे राजनीति दलले विश्वासकाे मत छैन भनेर फिर्ता लिइसकेपछि सरकारले एक महिनाभित्र विश्वासकाे मत लिने संवैधानिक प्रावधान छ। संवैधानिक प्रावधानअनुसार नै सम्माननीय प्रधानमन्त्रीज्यूले यही २८ गते विश्वासकाे मत लिने निर्णय गरिसक्नुभएकाे छ’, उनले भने, ‘यसै सन्दर्भमा संवैधानिक प्रावधानअनुसार विश्वासकाे मत लिन खाेज्नुभएकाे के अनैतिक हुनु हाे? कसैले चाहँदैमा राजीनामा आउँदैन। तपाईंहरूकाे इच्छाले राजीनामा प्राप्त हुँदैन।’
सांसद दाहालले प्रधानमन्त्री प्रचण्डले यही २८ गते विश्वासकाे मत लिने प्रक्रियासम्म पर्खिन काँग्रेस-एमालेलाई आग्रहसमेत गरे।
‘संवैधानिक व्यवस्थाअनुसार नै सरकार अगाडि बढ्छ। २८ गते विश्वासकाे मत लिने प्रक्रियासम्म यहाँहरूलाई पर्खिन पनि आग्रह गर्छु। काेही अनैतिक र भ्रष्टहरूले नैतिकताकाे पाठ पनि सिकाइरहनु पर्दैन’, उनले भने।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया