बिएल संवाददाता
निलम्बित महामन्त्री डा.मुकुल ढकालकाे कारबाहीबारे निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे केन्द्रीय समिति बैठक बस्दैछ।
बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ८ बजेका लागि बाेलाइएकाे छ। बैठककाे मूल एजेण्डा ढकालकाे कारबाहीबारे रहेकाे छ।
रास्वपाले ढकाललाई सात दिनका लागि निलम्बन गरेकाे थियाे। याे अवधिमा पार्टी अनुसाशन आयाेगले प्रतिवेदन तयार गरेकाे छ। उक्त प्रतिवेदनका आधारमा कारबाहीबारे टुङ्गाे लाग्ने नेताहरुले बताएका छन्।
समीक्षा यात्राकाे प्रतिवेदन पार्टीले सार्वजनिक गर्नुअघि मिडियाबाट सार्वजनिक गरेकाेलगायत विषयलाई लिएर अघिल्लाे केन्द्रीय समिति बैठकले ढकाललाई सात दिनका लागि निलम्बन गर्ने निर्णय गरेकाे थियाे।
त्यस्तै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिन लागेकाे विश्वासकाे मत र नयाँ बन्ने सरकारलगायत समसामयीक राजनीतिक विषयमा छलफल हुने बताइएकाे छ।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया