बिएल संवाददाता
निलम्बित महामन्त्री डा.मुकुल ढकालकाे कारबाहीबारे निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे केन्द्रीय समिति बैठक बस्दैछ।
बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ८ बजेका लागि बाेलाइएकाे छ। बैठककाे मूल एजेण्डा ढकालकाे कारबाहीबारे रहेकाे छ।
रास्वपाले ढकाललाई सात दिनका लागि निलम्बन गरेकाे थियाे। याे अवधिमा पार्टी अनुसाशन आयाेगले प्रतिवेदन तयार गरेकाे छ। उक्त प्रतिवेदनका आधारमा कारबाहीबारे टुङ्गाे लाग्ने नेताहरुले बताएका छन्।
समीक्षा यात्राकाे प्रतिवेदन पार्टीले सार्वजनिक गर्नुअघि मिडियाबाट सार्वजनिक गरेकाेलगायत विषयलाई लिएर अघिल्लाे केन्द्रीय समिति बैठकले ढकाललाई सात दिनका लागि निलम्बन गर्ने निर्णय गरेकाे थियाे।
त्यस्तै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिन लागेकाे विश्वासकाे मत र नयाँ बन्ने सरकारलगायत समसामयीक राजनीतिक विषयमा छलफल हुने बताइएकाे छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया