बिएल संवाददाता
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकार संसदप्रति उत्तरदायी नभएको टिप्पणी गरेका छन्।
प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै लेखकले सरकारका मन्त्रीहरु संसदमा आउन छोडेको र बाढी पहिरोबाट भएको क्षतिबारे अहिलेसम्म जानकारी नगराएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
लेखकले सरकार अल्पमतमा परेको र विश्वासको मत लिने तयारी गरेको छ, तर पनि पदमा रहुन्जेल संसद र जनताप्रति उत्तरदायी हुनुपर्ने बताउदै बाढी पहिरोको क्षतिको संसदलाई जानकारी दिन आग्रह गरेका छन्।
आजकै बैठकमा कांग्रेस सांसद एनपी साउदले कैलाली कन्चनपुरमा अहिलेसम्मकै बढी वर्षा भएको बताउदै सरकारले तत्काल राहत र उद्धारको काम अगाडि बढाउन माग गरेका थिए।
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया