बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संसद् विघटनको बानी परेका भनेर कटाक्ष गरेका छन्।
प्रतिनिधिसभा बैठकमा शुक्रबार विश्वासको मत माग्दै प्रधानमन्त्री दाहालले अध्यक्ष ओलीलाई संसद् विघटनमा बानी परेका नेताको संज्ञा दिएका हुन्।
उनले भने, ‘आफू अल्पमतमा परेपछि संसद् नै विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेका साथीहरूसमेत मलाई नैतिकताको पाठ पढाउने प्रयास गरिरहनुभयो। ती साथीहरूलाई म यत्ति भन्न चाहन्छु– कि यो संविधानमा नेकपा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी छ। त्यसैले यसलाई माओवादीले कमजोर बनाउँदैन। कमजोर बनाउन पनि दिँदैन। दिने पनि छैन।’
उनले संविधानमा नेकपा माओवादी केन्द्रको सबैभन्दा बढी लगानी रहेको जिकिर गर्दै आफूले संविधानलाई कमजोर बनाउन नदिने पनि बताए।
सामाजिक न्याय, सुशासन र समृद्धिका क्षेत्रमा बनेका कैयौँ मानकहरू त्यही अग्रसरताका परिणाम भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा अन्तरसम्बन्ध व्यवस्थित गर्न राष्ट्रिय समन्वय परिषद, प्रशासनिक समन्वय परिषद तथा विषयगत समितिहरूलाई सक्रिय बनाइएको दाबी गरे। उनले देश आर्थिक सङ्कटबाट धेरै बाहिर आएको स्पष्ट पारे।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया