
बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संसद् विघटनको बानी परेका भनेर कटाक्ष गरेका छन्।
प्रतिनिधिसभा बैठकमा शुक्रबार विश्वासको मत माग्दै प्रधानमन्त्री दाहालले अध्यक्ष ओलीलाई संसद् विघटनमा बानी परेका नेताको संज्ञा दिएका हुन्।
उनले भने, ‘आफू अल्पमतमा परेपछि संसद् नै विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेका साथीहरूसमेत मलाई नैतिकताको पाठ पढाउने प्रयास गरिरहनुभयो। ती साथीहरूलाई म यत्ति भन्न चाहन्छु– कि यो संविधानमा नेकपा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी छ। त्यसैले यसलाई माओवादीले कमजोर बनाउँदैन। कमजोर बनाउन पनि दिँदैन। दिने पनि छैन।’
उनले संविधानमा नेकपा माओवादी केन्द्रको सबैभन्दा बढी लगानी रहेको जिकिर गर्दै आफूले संविधानलाई कमजोर बनाउन नदिने पनि बताए।
सामाजिक न्याय, सुशासन र समृद्धिका क्षेत्रमा बनेका कैयौँ मानकहरू त्यही अग्रसरताका परिणाम भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा अन्तरसम्बन्ध व्यवस्थित गर्न राष्ट्रिय समन्वय परिषद, प्रशासनिक समन्वय परिषद तथा विषयगत समितिहरूलाई सक्रिय बनाइएको दाबी गरे। उनले देश आर्थिक सङ्कटबाट धेरै बाहिर आएको स्पष्ट पारे।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
प्रतिक्रिया