बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफूले जेलको उद्घाटन गरेको र कुनै दिन सबै मिलेर आफूलाई त्यहीँ जेलमा हाल्न सक्ने शंका ब्यक्त गरेका छन्।
शुक्रबार संसदमा प्रधानमन्त्रीले मागेको विश्वासको मतमाथि छलफलमा सहभागी हुँदै उनले भने– ‘कुनै दिन राम्रो काम गर्न सकिएछ र साथ मिलेछ भने भ्रष्टहरूलाई जेल हाल्छु। सकिनछु भने तिनीहरूले मलाई जेलमा हाल्नेछन्।’
तीन महिने गृहमन्त्रीको कार्यकालमा उद्घाटनमा आफूले समय नदिएको भन्दै उनले नेपालगन्जमा एउटा जेल भने उद्घाटन गरेको बताए। ‘३ महिने कार्यकालमा उद्घाटनमा समय दिएन। आवश्यक ठानिन तर मैले एउटा उद्घाटन गरें। त्यो हो नेपालगन्जको एउटा जेल। त्यहाँ मेरो नाममा शिलालेख लेखिएको छ।’
जेलको उद्घाटनको सन्दर्भ जोड्दै लामिछानेले आफूलाई कुनै दिन भ्रष्टहरूले मिलेर जेल हाल्ने शंका ब्यक्त गरेका हुन्।
यस्तै उनले अगाडि भने– ‘अब त मलाई ठग प्रमाणित गर्न तपाईंलाई कुनै कठिन पर्दैन होला। कोही न त कोही जेल जानु नै पर्छ। सुरु म बाट गर्नुस्। तर सत्यबाट बिमुख हुने छैन।’
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया