बिएल संवाददाता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका छन्।
गएराति शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष एमाले र कांग्रेसको तर्फबाट नेपालको संविधानको धारा ७६ (२) बमोजिम एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा नयाँ सरकार निर्माणका लागि दाबी पेश भएको हो।
कांग्रेसका ८८ र एमालेका ७८ सहित १ सय ६६ जना सांसदको हस्ताक्षरमा दाबी पेश भएको छ।
कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएका ओलीलाई अन्य सात वटा दलले पनि समर्थन जनाएका छन् । दाबी पेश गर्न ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित दुवै पार्टीका नेताहरू पुगेका थिए।
नयाँ प्रधानमन्त्री ओलीको नियुक्ति र शपथ ग्रहण आइतवार हुने भएको छ।


रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
प्रतिक्रिया