बिएल संवाददाता
नेपाली कांग्रेसको संस्थापन इतर समूहले चारवटा मन्त्री आफ्नो समूहले पाउनुपर्ने माग राखेको छ।
विशालनगरस्थित शेखर–गगन समूहको आइतबार सम्पन्न बैठकले सभापति शेरबहादुर देउवासँग चार वटा मन्त्रालय माग्ने निर्णय गरेको हो।
गगननिकट स्रोतका अनुसार नाम चयन गर्ने जिम्मा डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापालाई दिइएको छ।
बैठकमा कोइराला, गुरुङ, थापासहित सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार, नेता अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, डा. मिनेन्द्र रिजाल, डा. चन्द्र भण्डारीलगायत सहभागी थिए।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर काँग्रेस चार महिनापछि सत्तामा फर्किंदै छ। दुई दलबीच भएको भागबण्डाअनुसार कांग्रेसको भागमा १० वटा मन्त्रालय परेको जनाइएको छ।
बैठकमा सहभागी अधिकांश नेताहरूले ‘शेखर–गगन समूह’बाट मन्त्री छान्दा डा. चन्द्र भण्डारीलाई छुटाउन नहुने तर्क राखेका छन्।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया