बिएल संवाददाता
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज शपथ लिएसँगै मन्त्रिपरिषद् गठन गर्ने सोच बनाएका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग ‘नयाँ सत्ता सहकार्य’ गरेका ओलीले एमालेको तर्फबाट आठ वटा मन्त्रालय पाएका छन्।
अर्थसहित रक्षा, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि–व्यवस्था तथा सहकारी, शिक्षा र सञ्चार मन्त्रालय पाएको छ।
एमाले स्रोतकाअनुसार आइतबार साँझ शीर्ष नेताहरूले मन्त्रीहरूको नाम टुंगो लगाएका छन्।
त्यस्तै, नवनियुक्त प्रधानमन्त्री ओलीले खल्तीमा राखेको ‘मन्त्रीको सूची’मा धनुषा–३ बाट निर्वाचित जुलीकुमारी महतोको पनि नाम छ।
यसअघि ‘प्रचण्ड नेतृत्वको सरकार’मा जुलीका पति रघुवीर महासेठ भौतिक पूर्वाधार तथा यातायात मन्त्री थिए। रघु सिंहदरबारबाट बाहिरिएसँगै फेरि जुलीले प्रवेश पाएकी छिन्।
पतिपत्नी आलोपालो मन्त्री बन्ने नेताहरूको सूचीमा ‘रघु–जुली’ अग्रपंक्तिमा छन्।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया