बिएल संवाददाता
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीकाे नेतृत्वमा बन्न लागेकाे नयाँ सरकार ‘दलित’विहीन बन्ने लगभग निश्चित भएकाे छ।
ओलीले मन्त्री बन्नेहरुकाे सूचीबाट एमाले सचिव छविलाल विश्वकर्माकाे नाम काटेसँगै आगामी मन्त्रिपरिषद् पनि ‘दलित’विहीन बन्ने निश्चित भएकाे थियाे।
ओलीले दलित समुदायबाट प्रत्यक्षतर्फ निर्वाचित एकमात्र सांसद विश्वकर्मालाई मन्त्री बनाउने तयारी गरेका थिए। तर, उनी छविलालले चाहेकाे मन्त्री दिन मानेनन्।
सचिवालय बैठकले बनाएकाे मापदण्डअनुसार पार्टीले विश्वकर्मालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाे जिम्मेवारी दिन सिफारिस गरेकाे थियाे। यद्यपि, ओली उनलाई उक्त मन्त्रालय दिन तयार भएनन्।
त्यसपछि विश्वकर्माले भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालय वा रक्षा मन्त्रालयमध्ये एउटाकाे जिम्मेवारी दिन आग्रह गरेका थिए। तर, ती मन्त्रालयकाे जिम्मेवारी दिन पनि ओली तयार भएनन्।
जनताले प्रत्यक्ष महसुस गर्ने गरी काम गर्न सकिने मन्त्रालय नपाउने भएपछि विश्वकर्माले सरकारमा नजाने निर्णाय गरेका छन्।
यता, नेपाली काँग्रेसले पनि जीवन परियारलाई मन्त्री बनाउने भने पनि अन्तिम समयमा उनकाे नाम पनि काटिएकाे छ।
करिब ६० लाख दलित समुदायकाे प्रतिनिधित्व गर्न गरी दलित सांसदलाई मन्त्रालयकाे जिम्मेवारी नदिएकाे भन्दै अघिल्ला सरकारहरुकाे आलाेचना हुने गरेकाे थियाे। यसपटक पनि आमरुपमा त्यही हुने निश्चित भएकाे छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया