बिएल संवाददाता
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित पृष्ठभूमिका दिपक खड्कालाई ऊर्जा, जलस्रोत तथा सिन्चाईमन्त्रीको जिम्मेवारी सुम्पिएका छन्।
लैनचौरस्थित नेपाल स्काउटको जग्गा भाडामा लिएर सम्झौताबमोजिमको रकम नतिरेको र सम्झौतापछि पनि उक्त जग्गा कब्जामा लिएको आरोप लागेका खड्कालाई नेपाली कांग्रेसकाे सिफारिस मन्त्री बनाइएकाे हाे।
त्यस्तै, डलर अर्बपति तथा विवादास्पद व्यापारी विनोद चौधरीको समेत लगानी रहेको ७.२ मेगावाटको माथिल्लो पिलुवा जलविद्युतमा खड्का मुख्य लगानीकर्ता छन्।
त्यस्तै, १२० मेगावाटको रसुवा भोटेकोशीमा पनि उनी लगानीकर्ता हुन्। ९० प्रतिशत चिनियाँलाई बिक्री गरे पनि उनको १० प्रतिशत लगानी छ।
मुलुकको जलविद्युत र ऊर्जामा भारतीय स्वार्थ अनुकूल काम भइरहेको आरोप लागेको बेला चौधरीको दौडधुपपछि खड्कालाई उक्त मन्त्रालयको जिम्मा दिनुलाई अर्थपूर्ण मानिएको छ।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया