
बिएल संवाददाता
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित पृष्ठभूमिका दिपक खड्कालाई ऊर्जा, जलस्रोत तथा सिन्चाईमन्त्रीको जिम्मेवारी सुम्पिएका छन्।
लैनचौरस्थित नेपाल स्काउटको जग्गा भाडामा लिएर सम्झौताबमोजिमको रकम नतिरेको र सम्झौतापछि पनि उक्त जग्गा कब्जामा लिएको आरोप लागेका खड्कालाई नेपाली कांग्रेसकाे सिफारिस मन्त्री बनाइएकाे हाे।
त्यस्तै, डलर अर्बपति तथा विवादास्पद व्यापारी विनोद चौधरीको समेत लगानी रहेको ७.२ मेगावाटको माथिल्लो पिलुवा जलविद्युतमा खड्का मुख्य लगानीकर्ता छन्।
त्यस्तै, १२० मेगावाटको रसुवा भोटेकोशीमा पनि उनी लगानीकर्ता हुन्। ९० प्रतिशत चिनियाँलाई बिक्री गरे पनि उनको १० प्रतिशत लगानी छ।
मुलुकको जलविद्युत र ऊर्जामा भारतीय स्वार्थ अनुकूल काम भइरहेको आरोप लागेको बेला चौधरीको दौडधुपपछि खड्कालाई उक्त मन्त्रालयको जिम्मा दिनुलाई अर्थपूर्ण मानिएको छ।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
प्रतिक्रिया