बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन्।
बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले एमाले उपमहासचिव रिमाललाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेकाे हाे।
एमाले अध्यक्ष ओली ‘पहिलो र दोस्रो पटक प्रधानमन्त्री’ हुँदा पनि रिमाल नै राजनीतिक सल्लाहकार थिए। तर त्योबेला उनलाई पार्टीपंक्ति र शीर्ष नेताहरूले खासै रुचाएनन्।
एमालेका अधिकांश नेताहरूले रिमालको कार्यशैलीप्रति नकारात्मक टिप्पणी गर्दापनि प्रधानमन्त्री ओलीको ‘कोर टिम’मै हुन्छन् उनी।
‘हिजोआज अध्यक्षलाई शंकरजी र रिमाजली भए पुग्छ। जसले उहाँलाई खुसी पार्छ, उनले पाउने–नपाउने सबै पद पाउँछ,’ उपाध्यक्ष विष्णु पौडेलनिकट एक पोलिटव्यूरो सदस्यले भने, ‘हाहाहा... ओली कम्पनीका सीइओजस्तै हुन् रिमालजी।’
मजदूर आन्दोलनको नेतृत्व गरेर एमालेभित्र स्थापित उनी नेपाल ट्रेड युनियन महासंघको ‘सुप्रिमो’ र महासचिव शंकर पोखरेलनिकट मानिन्छन्।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया