
बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन्।
बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले एमाले उपमहासचिव रिमाललाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेकाे हाे।
एमाले अध्यक्ष ओली ‘पहिलो र दोस्रो पटक प्रधानमन्त्री’ हुँदा पनि रिमाल नै राजनीतिक सल्लाहकार थिए। तर त्योबेला उनलाई पार्टीपंक्ति र शीर्ष नेताहरूले खासै रुचाएनन्।
एमालेका अधिकांश नेताहरूले रिमालको कार्यशैलीप्रति नकारात्मक टिप्पणी गर्दापनि प्रधानमन्त्री ओलीको ‘कोर टिम’मै हुन्छन् उनी।
‘हिजोआज अध्यक्षलाई शंकरजी र रिमाजली भए पुग्छ। जसले उहाँलाई खुसी पार्छ, उनले पाउने–नपाउने सबै पद पाउँछ,’ उपाध्यक्ष विष्णु पौडेलनिकट एक पोलिटव्यूरो सदस्यले भने, ‘हाहाहा... ओली कम्पनीका सीइओजस्तै हुन् रिमालजी।’
मजदूर आन्दोलनको नेतृत्व गरेर एमालेभित्र स्थापित उनी नेपाल ट्रेड युनियन महासंघको ‘सुप्रिमो’ र महासचिव शंकर पोखरेलनिकट मानिन्छन्।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
प्रतिक्रिया