
बिएल संवाददाता
नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले कांग्रेस र एमाले मिलेर माओवादीलाई घुस खान सिकाएको आरोप लगाएका छन्।
शनिबार काठमाडौंमा आयोजित ‘बाबुराम एक दुरदर्शी विद्रोही’ नामक पुस्तक विमोचन समारोहमा बोल्दै उनले र कांग्रेसले राजाबाट एमालेले कांग्रेसबाट घुस खान सिकेको भन्दै कांग्रेस र एमाले मिलेर माओवादीलाई पनि घुस खान सिकाएको बताए।
उनले भने, ‘राम्रो सरकार कस्तो हुन्छ भने जसमा घुस खाने मान्छेहरु छैनन्। राजाले घुस खान कतैबाट सिके होलान। तर, कांग्रेसले राजाबाट सिक्यो संस्थागत रुपमै, हामी एमाले भएर कांग्रेसबाट सिक्यौं, उनीहरुसँग संगत बढ्दै जाँदा सिक्यौं। दुइवटै पार्टी मिलेर माओवादीलाई घुस खान सिकाएका हौं।’
उनले डा. बाबुराम भट्टराईले २०६२/०६३ सालमा राजतन्त्र हिँडेपछि जनवादी क्रान्ति जनयुद्धले पूरा गरेको भनेर दाबी गर्न सक्नुपर्ने भएपनि नसकेको बताए।
‘समाजवादी बाटो निर्माणतर्फ जान दलाल पुँजीवादले रोकेको छ। हामी राष्ट्रिय पुँजीको विकास गर्दै लामो योजना बनाएर समाजवादमा जाने हो भनेर भट्टराई जत्तिको मान्छेले भन्न नसक्नु दुखद् छ,’ भुसालले भने।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
प्रतिक्रिया