बिएल संवाददाता
नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले कांग्रेस र एमाले मिलेर माओवादीलाई घुस खान सिकाएको आरोप लगाएका छन्।
शनिबार काठमाडौंमा आयोजित ‘बाबुराम एक दुरदर्शी विद्रोही’ नामक पुस्तक विमोचन समारोहमा बोल्दै उनले र कांग्रेसले राजाबाट एमालेले कांग्रेसबाट घुस खान सिकेको भन्दै कांग्रेस र एमाले मिलेर माओवादीलाई पनि घुस खान सिकाएको बताए।
उनले भने, ‘राम्रो सरकार कस्तो हुन्छ भने जसमा घुस खाने मान्छेहरु छैनन्। राजाले घुस खान कतैबाट सिके होलान। तर, कांग्रेसले राजाबाट सिक्यो संस्थागत रुपमै, हामी एमाले भएर कांग्रेसबाट सिक्यौं, उनीहरुसँग संगत बढ्दै जाँदा सिक्यौं। दुइवटै पार्टी मिलेर माओवादीलाई घुस खान सिकाएका हौं।’
उनले डा. बाबुराम भट्टराईले २०६२/०६३ सालमा राजतन्त्र हिँडेपछि जनवादी क्रान्ति जनयुद्धले पूरा गरेको भनेर दाबी गर्न सक्नुपर्ने भएपनि नसकेको बताए।
‘समाजवादी बाटो निर्माणतर्फ जान दलाल पुँजीवादले रोकेको छ। हामी राष्ट्रिय पुँजीको विकास गर्दै लामो योजना बनाएर समाजवादमा जाने हो भनेर भट्टराई जत्तिको मान्छेले भन्न नसक्नु दुखद् छ,’ भुसालले भने।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया