बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेकाे छ।
सिंहदरबारमा आइतबार बसेको रास्वपा संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
यसैगरी रास्वपाले आजकाे प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेकाे छ।
‘साउन ६ गते आइतबारका दिन दिउँसो १ बजे प्रारम्भ हुने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन, र प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भनि प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम पेश गर्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन (ह्विप) जारी गरिएको छ,’ रास्वपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया