बिएल संवाददाता
लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमाले–कांग्रेसका ८ विनाविभागीय मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।
बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले उनीहरुलाई शपथ गराएका हुन्। १२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसबाट ४ मन्त्री बनेका छन्।
एमालेबाट रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम सारु र दाङका सीता शर्मा मन्त्री बनेका छन्। त्यस्तै कांग्रेसबाट गुल्मीका धनेन्द्र कार्की, प्यूठानका रोज राणा, दाङका प्रचण्डविक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मी मन्त्री भएका छन्।
कांग्रेसले प्रमुख सचेतक रहेका जन्मजय तिमिल्सिना मन्त्री बन्ने बताइएको भएपनि विवाद भएपछि अन्तिम समयमा नाम काटिएको बताइएको छ।
लुम्बिनीमा लोसपा, नाउपा, जनमत, जसपा, जसपा नेपाल, राप्रपाले सरकारलाई समर्थन गर्ने मौखिक सहमति जनाएका छन्। खाली खिएका २ मन्त्रालय उनीहरुलाई छुट्टयाइएको बताइएको छ।
८७ सदस्यीय प्रदेशसभामा १० सांसद रहेको माओवादी केन्द्र तथा एक-एक सांसद रहेका एकीकृत समाजवादी, जनमोर्चा र स्वतन्त्र मात्र विपक्षमा रहने देखिएको छ।
देशैभरि गड्गडाइरहेको ‘गगन’
माओवादीको ‘तप्कनी’बाट उम्रिएका अमर
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया