बिएल संवाददाता
कोशी प्रदेशमा सत्ता भागबण्डाको विषयमा कांग्रेस र एमालेबीच केन्द्रकै मोडलमा सहमति भएको छ।
सत्ता साझेदार दल एमाले र कांग्रेसबीच भएको सहमतिअनुसार कांग्रेसले ४ मन्त्री र एक राज्यमन्त्री लिने र एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय लिने सहमति भएको हो।
काठमाडौँमै भएको बैठकले केन्द्रमा केपी शर्मा ओली प्रधानमन्त्री रहुन्जेल कोशीमा वर्तमान मुख्यमन्त्री हिक्मतबहादुर कार्की नै मुख्यमन्त्री रहने र शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि कोशीमा कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति भएको छ।
त्यस्तै बैठकले मुख्यमन्त्री र मन्त्रीका अलावा प्रदेशसभामा रहने संसदीय समितिमा पनि बराबर भागबन्डा गर्ने सहमति गरेको छ। ७ वटा संसदीय समितिमध्ये २ दलले ३/३ वटा लिने र सार्वजनिक लेखा समिति प्रतिपक्षीलाई दिने सहमति भएको छ।
सहमतिअनुसार अब छिट्टै काँग्रेस सरकारमा जाने भएको छ।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया