बिएल संवाददाता
नेपाली कांग्रेसलाई कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्री छान्न सकस परेको छ। आकांक्षी धेरै भएपछि कांग्रेसलाई मन्त्री छान्न सकस भएकाे हाे।
विराटनगरमा बसेको काँग्रेस कोशी प्रदेश समितिको बैठकले मन्त्री छनौटको लागि मापदण्ड बनाएको छ।
प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम छान्न नसकेपछि जातीयता, लैङ्गिकता, भौगोलिकता र कार्यक्षमताका आधारमा मन्त्री छान्न केन्द्रलाई सिफारिस गरेको हाे।
चार मन्त्री र २ राज्यमन्त्री भागमा पाएको कांग्रेसबाट प्रदेशसभामा रहेका २९ मध्ये पूर्वमुख्यमन्त्री उद्धव थापा र केदार कार्कीबाहेक सबै सांसदले मन्त्री बन्ने आकांक्षा देखाएपछि काँग्रेसमा सकस बढेको हो।
केन्द्रमा भने सभापति शेरबहादुर देउवाले आफू पक्षलाई २, शेखर कोइराला र कृष्ण सिटौला पक्षलाई एक-एक मन्त्री दिने तयारी गरेको कांग्रेस वृतमा चर्चा छ।
मुख्यमन्त्रीमा भने कांग्रेस र एमालेबीच केन्द्रको मोडलमै सहमति भएको छ। जसअनुसार केपी शर्मा ओली प्रधानमन्त्री रहेसम्म कोशीको नेतृत्व एमालेले नै गर्ने छ भने शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि कोशीमा कांग्रेसको मुख्यमन्त्री बन्ने छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया