बिएल संवाददाता
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा आवश्यक संशोधन गरी जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख राष्ट्रपतीय प्रणालीकाे व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्।
जसपा नेपालको जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष यादवले ६१ बुँदे राजनीतिक प्रस्ताव पेस गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख राष्ट्रपतीय प्रणालीकाे व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका हुन्।
साथै उनले समावेशी तथा पूर्ण समानुपातिक समावेशी प्रतिनिधित्व भएको सङ्घीय न्याय प्रणाली, राष्ट्रिय/जातीय पहिचानमा आधारित स्वायत्तता र स्वशासनसहितको राज्यको संरचना र राज्य शक्तिको बाँडफाँडलगायतका प्रावधानहरू संशोधन गरी संविधानमा व्यवस्था गर्नुपर्नेमा जाेड दिएका छन्।
यसै गरी प्रदेशहरूको नामाङ्करण गर्दा पहिचान झल्कने गरी गर्नुपर्ने प्रस्ताव राखेका छन्।
अध्यक्ष यादवले समावेशी, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधान संशोधन गरी परिमार्जन गर्नका लागि संविधान विज्ञहरू सम्मिलित 'संविधान पुनरावलोकन आयोग' गठन गरी राय सुझाव र सिफारिसका आधारमा संविधान संशोधन गर्नुपर्ने बताएका छन्।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया