बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तत्कालीन विद्रोही माओवादीले ४–४ पटक सरकारको नेतृत्व गर्दासमेत शान्ति प्रक्रिया टुंग्याउन नसकेको आरोप लगाएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा टीआरसी विधेयकमाथिको छलफलका क्रममा बोल्दै उनले राजनीतिक दाउपेचका कारण शान्ति प्रक्रियाका कामलाई अल्झ्याइएको आरोप लगाएका हुन्।
उनले भने, ‘२०६३ साल मंसिर ५ गते नेपाल सरकार र तत्कालीन माओवादीबीच भएको विस्तृत शान्ति सम्झौताको मुख्य राजनीतिक कार्यभार अन्तरिम संविधान, संविधान सभा, गणतन्त्र घोषणा, नयाँ संविधान पूरा भयो, छिटपुट असन्तुष्टिकाबीच व्यवस्थापकीय कार्यभार लडाकु र हातहतियार व्यवस्थापन पनि पार लाग्यो, विगतमा फर्किन नचाहे पनि राजनीतिक दाउपेचकै कारण शान्ति प्रक्रियाका महत्वपूर्ण काम वर्षाैँसम्म अल्झ्याइयो, तत्कालीन विद्रोही माओवादीले ४–४ पटक सरकारमा नेतृत्व गर्दा र कांग्रेसले पटक पटक सरकारको नेतृत्व गर्दा पनि परिणाम दिने गरी काम हुन सकेन।’
उनले राजनीतिक स्वार्थ र दलीय भागबण्डाको आधारमा टिआरसीसम्बन्धी आयोग बनाइ ऐन कार्यान्वयनमा समस्या आउनेतर्फ सचेत गराए।
उनले आयोगलाई नाममा मात्रै नभएर काममा पनि स्वतन्त्र र निष्पक्ष बनाउनको लागि अपिल गरेका छन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया