बिएल संवाददाता
वर्तमान सरकारका चार जना मन्त्रीविरुद्ध दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएकाे छ।
सिन्धुलीका युवराज सफलले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, ऊर्जामन्त्री दिपक खड्का र श्रममन्त्री शरदसिंह भण्डारीविरुद्ध बुधबार अख्तियारमा उजुरी दर्ता गरेका हुन्।
चारै जना आर्थिक अनियमिततामा जोडिएको दाबीसहित राजनीतिक पहुँचका आधारमा उनीहरुलाई मन्त्री बनाइएकाले तत्काल छानविन गर्न उनकाे माग छ। अर्थमन्त्री पौडेलले सरकारी सम्पत्तिको दुरुपयोग गरेर व्यक्तिगत सम्पत्ति जोडेको उजुरीमा उल्लेख छ।
सफलले ललिता निवासको सरकारी जग्गा खरिद प्रकरण र नक्कली सुकुम्बासी बनेर रुपन्देहीको देवीनगरमा सार्वजनिक जग्गा हत्याएको विषयमा पौडेलमाथि छानबिन हुनुपर्ने माग गरेका छन्।
‘रुपन्देहीको रामपुर र भुताहामा आफ्नो नाममा जग्गा जमिन हुँदाहुँदै बुटवलको सुकुम्बासी बस्ती देवीनगरमा बसाईसरी गएको र त्यही पौडेलका छोरा नवीन पौडेलले सुकुम्बासी समस्या समाधान आयोगबाट नक्कली सुकुम्बासी बनि सरकारी सार्वजनिक जग्गाको पुर्जा लिएको देखिन्छ। अतः आफ्नो जग्गा जमिन हुँदाहुँदै राज्यको निकायलाई शक्ति र पहुँच लगाई नक्कली सुकुम्बासी बनि जग्गा जमिन हडप्नु पनि भ्रष्टाचारजन्य कार्य हो’, उजुरीमा भनिएको छ।
यसैगरी पराष्ट्रमन्त्री राणाविरुद्ध नक्कली भुटानी शरणार्थी प्रकरण र टिकापुर जग्गा अनियमिततामा जोडिएको दाबीसहित उजुरी दर्ता भएकाे छ।
डा. राणाले आफूमाथि लाग्दै आएको आरोपमा अदालतबाट सफाइ नपाउँदासम्म नैतिक आधारमा पदमा बस्न नमिल्ने सफलले उजुरीमा उल्लेख गरेका छन्। उनले राणालाई नैतिकताको आधारमा राजीनामा दिन लगाई तत्काल अनुसन्धान गर्न माग गरेका छन्।
उजुरीमा भनिएको छ, ‘परराष्ट्रमन्त्री आरजु देउवा प्रमाणित हुने गरी नक्कली भुटानी शरणार्थी र टिकापुर जग्गा अनियमितता प्रकरणमा जोडिएको देखिन्छ। मन्त्री हुन उच्च नैतिकता हुनपर्ने हँदा उहाँले उल्लेखित प्रकरणमा अदालतबाट सफाई नपाउँदा सम्म उहाँले नैतिकताको आधारमा पदमा बसी राख्न मिल्दैन। तसर्थ तत्काल निज विपक्षी आरजु राणा देउवालाई नैतिकताको आधारमा राजिनामा दिन लगाई उहाँ उपर तत्काल अनुसन्धान गर्न सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराउन चाहन्छु। यदि यस उजुरी उपर कारबाही नगरे सम्मानित सर्वोच्च अदालत सम्म जाने पनि जानकारी गराउन चाहन्छु।'
यस्तै ऊर्जामन्त्री खड्काले नेपाल स्काउटको सरकारी जग्गा हिनामिना एवं दुरुपयोगमा गरेकाे दाबी उनीमाथि अनुसन्धान गर्न माग गरिएको छ। त्यसैगरी ऊर्जासँग सम्बद्ध निकायको सञ्चालक बनेर ऊर्जामन्त्री खड्काले स्वार्थ लिएको युवराज सफलको आरोप छ।
त्यसैगरी श्रममन्त्री भण्डारीले म्यानपावरहरुबाट लाभ लिएर वैदेशिक रोजगारीमा जाने श्रमिकलाई मर्कामा पार्न खोजेको उजुरीमा उल्लेख छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया