बिएल संवाददाता
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी मंसिरमा हुने उपनिर्वाचनमा आफ्नो पार्टीको परीक्षण हुने बताएका छन्।
आइतबार नेकपा एसको दशौं महाधिवेशनपछि आयोजित पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उपनिर्वाचनमा परीक्षण हुने भएकाले सबै शक्ति केन्द्रित गर्न निर्देशन दिएका हुन्।
उनले भने, ‘सम्भवतः आगामी मंसिरमा स्थानीय तहका विभिन्न रिक्त पदमा उपचुनाव हुन गइरहेको छ। त्यो उपचुनावमा हाम्रो परीक्षा हुनेछ। त्यो परीक्षाका आधारमा त्यहाँको हाम्रो पार्टी नेतृत्वको मूल्यांकन हुनेछ। जिम्मेवारी पाएपछि मात्र खट्छु भन्ने होइन कि यो मेरो जिम्मेवारी हो भनेर अहिलेदेखि नै खटिनुपर्छ।’
साथै उनले अरु पार्टीले लगाई रहेको आरोपको प्रतिकार गर्न नहुने बताए। उनले प्रतिकार गर्नु भनेको आफूमा भएको आत्मविश्वासमा कमी हुनु बताए।
उनले भने, ‘गर्वका साथ हामीले भन्नुपर्छ, हामीले आफ्ना कुराहरुमा गौरवबोध भएर बस्नुपर्छ ताकी हिन्ताबोध भएर केही गर्न सक्दैनौं, प्राय: हाम्रो पार्टीपंतिहरुमा गुनासाहरु बढी सुन्ने गर्छु, अरुले हामीलाई लगाइरहेको बात, आरोप त्यसैबाट हामी चिन्तित हुने गर्छौं, हामी त्यसको प्रतिकार गर्दै गर्दैनौं, मुखभरिको जवाफ दिने गर्दैनौं, त्यो आत्मविश्वासको कमी पनि हो। हामीमा आत्मविश्वासको कमी छ, हामीमा डिफेन्सिक मानसिकता छ, डिफेन्सिक मानसिकता बोकेको मान्छेले राजनीतिमा पहलकदमी लिन सक्दैन।’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया