बिएल संवाददाता
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी मंसिरमा हुने उपनिर्वाचनमा आफ्नो पार्टीको परीक्षण हुने बताएका छन्।
आइतबार नेकपा एसको दशौं महाधिवेशनपछि आयोजित पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उपनिर्वाचनमा परीक्षण हुने भएकाले सबै शक्ति केन्द्रित गर्न निर्देशन दिएका हुन्।
उनले भने, ‘सम्भवतः आगामी मंसिरमा स्थानीय तहका विभिन्न रिक्त पदमा उपचुनाव हुन गइरहेको छ। त्यो उपचुनावमा हाम्रो परीक्षा हुनेछ। त्यो परीक्षाका आधारमा त्यहाँको हाम्रो पार्टी नेतृत्वको मूल्यांकन हुनेछ। जिम्मेवारी पाएपछि मात्र खट्छु भन्ने होइन कि यो मेरो जिम्मेवारी हो भनेर अहिलेदेखि नै खटिनुपर्छ।’
साथै उनले अरु पार्टीले लगाई रहेको आरोपको प्रतिकार गर्न नहुने बताए। उनले प्रतिकार गर्नु भनेको आफूमा भएको आत्मविश्वासमा कमी हुनु बताए।
उनले भने, ‘गर्वका साथ हामीले भन्नुपर्छ, हामीले आफ्ना कुराहरुमा गौरवबोध भएर बस्नुपर्छ ताकी हिन्ताबोध भएर केही गर्न सक्दैनौं, प्राय: हाम्रो पार्टीपंतिहरुमा गुनासाहरु बढी सुन्ने गर्छु, अरुले हामीलाई लगाइरहेको बात, आरोप त्यसैबाट हामी चिन्तित हुने गर्छौं, हामी त्यसको प्रतिकार गर्दै गर्दैनौं, मुखभरिको जवाफ दिने गर्दैनौं, त्यो आत्मविश्वासको कमी पनि हो। हामीमा आत्मविश्वासको कमी छ, हामीमा डिफेन्सिक मानसिकता छ, डिफेन्सिक मानसिकता बोकेको मान्छेले राजनीतिमा पहलकदमी लिन सक्दैन।’
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया