बिएल संवाददाता
नेपाली कांग्रेसकी नेतृ एवं परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफू प्रधानमन्त्री बन्ने सम्भावना नरहेको बताएकी छन्।
बिहीबार बिहान धनगढीस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्ताे बताएकी हुन्।
कांग्रेसभित्र आफ्नो हैसियत के हो भन्ने राम्ररी जानकार रहेको भन्दै मन्त्री राणाले आफू प्रधानमन्त्री हुने सम्भावना नरहेको बताएकी हुन्।
केहीदिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले महिला प्रधानमन्त्री बनाउने आफ्नो चाहना रहेको र छिट्टै बनाउने तयारीका बारेमा सोचिरहेको बताएका थिए।
महिला प्रधानमन्त्री बनाउने भन्ने प्रधानमन्त्रीज्यूको भनाइ तपाईंलक्षित हो? भन्ने पत्रकार प्रश्नमा आरजु भनिन्, ‘प्रधानमन्त्री बन्न पहिले संसदीय दलको नेता बन्नुपर्छ। बाहिरबाट हेर्दा एउटा देखिएला पार्टीभित्रै मेरो हैसियत कति छ मलाई थाहा छ। राम्रो कल्पना हो, म प्रधानमन्त्री ज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँ आफ्नै दलको कुनै महिलातर्फ संकेत गर्नु भएको होला जस्तो लाग्छ। हाम्रोबाट आगामी प्रधानमन्त्री भनेको शेरबहादुर देउवा नै हो।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया