
बिएल संवाददाता
नेपाली कांग्रेसकी नेतृ एवं परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफू प्रधानमन्त्री बन्ने सम्भावना नरहेको बताएकी छन्।
बिहीबार बिहान धनगढीस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्ताे बताएकी हुन्।
कांग्रेसभित्र आफ्नो हैसियत के हो भन्ने राम्ररी जानकार रहेको भन्दै मन्त्री राणाले आफू प्रधानमन्त्री हुने सम्भावना नरहेको बताएकी हुन्।
केहीदिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले महिला प्रधानमन्त्री बनाउने आफ्नो चाहना रहेको र छिट्टै बनाउने तयारीका बारेमा सोचिरहेको बताएका थिए।
महिला प्रधानमन्त्री बनाउने भन्ने प्रधानमन्त्रीज्यूको भनाइ तपाईंलक्षित हो? भन्ने पत्रकार प्रश्नमा आरजु भनिन्, ‘प्रधानमन्त्री बन्न पहिले संसदीय दलको नेता बन्नुपर्छ। बाहिरबाट हेर्दा एउटा देखिएला पार्टीभित्रै मेरो हैसियत कति छ मलाई थाहा छ। राम्रो कल्पना हो, म प्रधानमन्त्री ज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँ आफ्नै दलको कुनै महिलातर्फ संकेत गर्नु भएको होला जस्तो लाग्छ। हाम्रोबाट आगामी प्रधानमन्त्री भनेको शेरबहादुर देउवा नै हो।’
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
प्रतिक्रिया