बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सत्ता स्वार्थको लागि कसैमाथि अन्याय नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
शनिबार क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इन टु द फायर’ पुस्तक लोकार्पण समारोहमा उनले समाजलाई थिति र विधिबाट चलाउनुपर्ने भन्दै कसैमाथि अन्यायपूर्ण तरिकाले अत्याचार नगर्ने बताए।
उनले भने, ‘अन्याय कसैमाथि हुनु हुँदैन। तर, समाजलाई थिति र विधिबाट चलाउनुपर्छ। कानूनको राज हुनुपर्छ। म के स्पष्ट पार्न चाहन्छु भने अहिलेको सरकारले कुनै कसैमाथि अन्यायपूर्ण तरिकाले आफ्नो हित, सत्ता स्वार्थलाई केन्द्रमा राखेर अन्याय अत्याचार गर्दैन। यसमा प्रतिबद्धता सरकारको प्रमुखको रुपमा म चाहन्छु।’
यस्तै उनले पुष्पकमल दाहाल प्रचण्डले श्रीलंका र बंगलादेशबाट केही कुराहरु सिक्नुपर्ने उपदेश दिएको भन्दै आफूले केही गलत काम नगरेको बताए।
उनले भने, ‘प्रचण्डजीले श्रीलंका र बंगलादेशबाट सिक भनेर उपदेश दिनुभएछ। मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने? लुटपाट गरेको छु र? जसले चर्को स्वरमा सिक-सिक भनिरहेको छ राम्रो तरिकाले आँफै सिक्नलाई आग्रह गर्दछु। नेपाल कुनै देशको फोटोकपी गर्ने देश होइन। यहाँ आफ्नै इतिहास र परम्परा छ। झुठ अहिलेसम्म बोलेको छैन, बोल्दिन पनि। जानी-जानी कसैको अधिकार हनन गरेको छैन्, गर्दिनँ। जानी-जानी कसैको अहित गरेको छैन् गर्दिनँ र नराम्रो काम गरेको छैन गर्दिनँ तसर्थ म ढुक्क छु।’
राजनीति र राज्य व्यवस्थालाई घृणा गर्नु भनेको सामाजिक अराजकता मात्र भएको उल्लेख गर्दै उनले यसले समाजलाई कुनै राम्रो परिणाम नदिने बताए।
उनले भने, ‘राजनीति र राज्य व्यवस्थालाई घृणा गर्ने, विधिको शासनलाई घृणा गर्ने भनेको सामाजिक अराजकता मात्र हो। यसले समाजलाई कुनै राम्रो परिणाममा पुर्याउँदैन। घृणाको राजनीति, अराजकता अथवा संस्कारहीन तरिका जस्ता कुराहरुले समाजलाई वेतिथितर्फ लान्छ। समाजलाई अराजकता र असभ्यताले छिन्नभिन्न मात्रै गर्छ।’
ओलीले सबै जाति, भाषाका जनतालाई एउटा सूत्रमा बाँध्ने भनेको राजनीति नै भएको स्पष्ट पारे।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया