बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही घण्टामै ६० हजार युवाले फेसबुकमा अनफलाे गरेका छन्।
युवाहरुले मंगलबार साँझदेखि अनफलाे अभियान चलाएका थिए। अभियान चलाएकाे केही घण्टामा नै अर्थात् बुधबार बिहान ८ बजेसम्म ६० हजारले प्रधानमन्त्री ओलीलाई फेसबुकमा अनफलाे गरेका छन्।
युवाहरूले अनफलाे अभियान सुरु गर्दा प्रधानमन्त्री ओलीलाई ६ लाख ६२ हजार जनाले फलाे गरेका थिए। अहिले त्याे घटेरले ६ लाख २ हजारमा पुगेकाे छ।
काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र एमालेबीचकाे वाक युद्धपछि युवाहरूले अनफलाे अभियान चलाएका थिए।
फेसबुकमा सबैभन्दा धेरै फलाेअर्स हुने नेताहरूकाे सूचीमा ओली साताैं स्थानमा रहेका छन्। उनीपछि नेकपा (माओवादी केन्द्र)का पुष्पकमल दाहाल प्रचण्ड रहेका छन्। तर, अब भने ओली लगभग प्रचण्डकाे स्थानमा झर्ने अवस्थामा पुगेका छन्।
फेसबुकमा सबैभन्दा बढी फलाेर्स हुने नेतामा राप्रपा नेत्री रेखा थापा रहेकी छिन्। त्यसपछि दाेस्राेमा बालेन, तेस्राेमा नेसपा सभापति बाबुराम भट्टराई, चाैंथाेमा रास्वपा सभापति रवि लामिछाने, पाँचाैंमा राप्रपा नेता रवीन्द्र मिश्र र छैठाैंमा हर्क साम्पाङ रहेका छन्।
यता प्रधानमन्त्री ओलीकाे फलाेअर्स घटिरहँदा मेयर बालेनकाे फलाेअर्स भने २० लाखबाट बढेर २१ लाख पुगेकाे छ।
सामाजिक सञ्जालमा ओलीकाे अवस्था चिन्ताजनक भएपछि एमाले महासचिव नै बचाउमा उत्रिएका छन्। एमाले महासचिव शङ्कर पाेखरेलले बुधबार बिहानै पार्टी अध्यक्षसमेत रहेका ओलीकाे पेसबुक पेजकाे लिंक आफ्नाे फेसबुक पेजमा शेयर गरेर आफ्ना पार्टी कार्यकर्तालाई फलाे गर्न अनुराेध गरेका छन्।
त्यस्तै एमालेका अन्य नेताहरू पनि ओलीका बचाउमा लागेका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया