बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेवार समुदायले देशको राजनीतिक परिवर्तनका लागि ऐतिहासिक भूमिका खेलेको बताएका छन्।
ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनामा लागेको नेवारी समुदायको मौलिक र ऐतिहासिक पर्व रुद्रायणी देवीको १२ वर्षे मेला समापनका अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले देशको आर्थिक विकास, सामजिक सद्भाव, संस्कृतिको संरक्षणको क्षेत्रमा पनि नेवार समुदायले ठुलो भूमिका खेलेको बताएका हुन्।
उनले भने, ‘देशको आर्थिक विकास, सामाजिक सद्भाव तथा संस्कृतिको संरक्षणको क्षेत्रमा मात्र नभएर नेवार समुदायले देशको राजनीतिक परिवर्तनका लागी पनि ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको कुरा इतिहासमा स्वर्णिम अक्षरहरुमा लेखिसकिएको छ।’
साथै, उनले १० वर्षको जनयुद्ध र १९ दिनको ऐतिहासिक जनआन्दोलनमा नेवार समुदायले गरेको योगदान अविस्मरणीय रहेको बताए।
उनले शुसासन, सामाजिक न्याय समृद्धि हुँदै नेपाली जनताले देखेको समाजवाद निर्माणको सपना पूरा गर्न नेवार समुदायले ऐतिहासिक र निर्णायक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया