बिएल संवाददाता
पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनका लागि नेकपा एमालेले १८ बुँदे वार्षिक कार्य योजना बनाएको छ।
शुक्रबार केन्द्रीय सचिवालयको बैठकले यस्तो कार्ययोजना पारित गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए।
उनले भने,‘आज पार्टीको केन्द्रीय सचिवालयको बैठकले पार्टीको वार्षिक कार्ययोजना निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्य योजना पारित गरेको छ। वार्षिक कार्ययोजनाभित्र १८ वटा विषयहरु समावेश गराएका छौं।’
उनले पार्टी सदस्यता नवीकरण विस्तार र अभिलेखको कामलाई कार्ययोजनाको पहिलो विषय बनाइएको पनि जानकारी दिए।
उनले भने,‘पार्टी सदस्यता नवीकरण विस्तार र अभिलेखको कामलाई कार्ययोजनाको पहिलो विषय बनाइएको छ। केही जिल्लामा अधिवेशन गर्न बाँकी छ जुन कार्तिक मसान्तसम्म सम्पन्न गर्ने कार्ययोजना छ। सबै तहका अधिवेशन मंसिर मसान्तभित्र सम्पन्न गरिसक्ने योजना बनाइएको छ।’
त्यस्तै एमालेले पार्टीका सबै सदस्यले हरेक वर्ष कम्तीमा एउटा कक्षा लिनैपर्ने योजना बनाएको छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया