बिएल संवाददाता
संघीय संसद्को संसदीय सुनुवाइ समितिको बैठक आइतबार बस्दैछ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको हलमा बिहान ९ बजे बस्ने बैठकले प्रस्तावित राजदूतहरूको सम्बन्धमा छलफल र निर्णय गर्ने बताइएको छ। बिहीबारे सुनुवाई सकिएका १७ देशका लागि सिफारिस राजदूतको सम्बन्धमा निर्णय गर्ने संघीय संसद सचिवालयले जनाएको छ।
सरकारले गएको साउन १४ गते एकसाथ १८ देशका निम्ति राजदूतमा विभिन्न व्यक्तिका नाम सिफारिस गरेको थियो। तीमध्ये एकजनाको नाम सरकारले फिर्ता लिएको थियो। सुनुवाइका निम्ति १७ जनाको नाम पठाइएको थियो।
समितिले सरकारले चीनका लागि प्रा. डा. कृष्णप्रसाद ओली, डेनमार्कका निम्ति सुम्निमा तुलाधर, जर्मनीका लागि डा. शैल रुपाखेती, भारतका निम्ति डा. शंकर शर्मा, इजरायलका लागि प्रा. धनप्रसाद पण्डित, मलेसियाका निम्ति डा. नेत्रप्रसाद तिमल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका निम्ति प्रकाशमणि पौडेललाई सिफारिस गरेको थियो। त्यस्तै, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका निम्ति जंगबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका निम्ति प्रा. डा. कपिलमान श्रेष्ठ, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फे, स्पेनका निम्ति सनिल नेपाल, श्रीलंकाका लागि रामकृष्ण भट्टराई, बेलायतका निम्ति चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शन रेग्मी छन्।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया