बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरु देशमाथि कसैको हस्तक्षेप नचाहने बताएका छन्। श्रेष्ठले कसैले कसैको सार्वभौम सत्तामाथि हमला गर्न नहुने समेत बताए।
शनिबार काठमाडौंमा आयोजित ‘नेपाल–भेनेभुएला मैत्री संघ’ को घोषणा कार्यक्रममा उनले भेनेजुएलामा कस्तो शासन बन्छ, त्यो अरुको चासो नभएर भेनेजुएलाका जनताले कस्तो शासन चाहन्छन् भन्ने मुख्य कुरा भएको बताए।
उनले कुनैपनि देशका जनताले चुनेको व्यक्ति वा सरकारमाथि विदेशी हस्तक्षे हुनु गलत रहेको बताए।
आफ्नो राष्ट्र र राष्ट्रियताप्रतिको प्रतिवद्धताबारे अन्य देशहरुले भेनेजुएलाबाट सिक्न पर्ने समेत बताउँदै श्रेष्ठले पूर्वराष्ट्रपति चावेजविरुद्ध विगतमा देशी तथा विदेशी शक्तिको हस्तक्षेपलाई जनताले परास्त पारेको समेत बताए।
पूर्वपरराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले भारत र चीनसँग समान सम्बन्ध राख्नुपर्ने कुरामा जोड दिँदै विश्वका अरु देशसँग पनि नेपालले त्यही आधारमा सम्बन्ध राख्नुपर्नेमा जोड दिए। उनले संविधानका प्रावधानहरुलाई पकडेर समाजवादमा पुग्न सकिने दाबी समेत गरे।
संघका अध्यक्ष नहेन्द्र खड्काले नेपाल र भेनेजुएलाबीचको सम्बन्धलाई जनस्तरमा पुर्याउन संघले भूमिका खेल्ने बताए।
चौतर्फी घेराबन्दीबीच भेनेजुएलाका जनताले आफूले रोजेको शासन र नेतृत्वको रक्षाको लागि कसैसँग सम्झौता नगरेको बताउँदै खड्काले त्यसबाट अरुले पाठ सिक्नुपर्ने बताए।
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया