बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्मालागयतका नेताहरु चितवन पुगेका छन्।
उनीहरुलाई शनिबार बिहान भरतपुर विमानस्थलमा कार्यकर्ता एवम् शुभेच्छुकहरुले स्वागत गरेका थिए। बेपत्ता योद्धा दण्डपाणी न्यौपाने र अन्य शहीदहरुको सम्मानमा भरतपुर– १३ मा आयोजित जनसांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्न नेताहरु चितवन पुगेका हुन्।
न्यौपाने र अन्य शहीदहरुको सम्मानका लागि नेकपा (माओवादी केन्द्र) वडा नं १३ भरतपुरले विशाल जनसांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रमका लागि प्रचण्ड, क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष मोहन वैद्य (किरण), नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)लाई निम्ता गरिएको छ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराई पनि निम्ता गरिएको कार्यक्रमका संयोजक प्रकाश दवाडीले जानकारी दिए। विभाजित भएका माओवादीका पुराना नेताहरुलाई आयोजकले एउटै मन्चमा उभ्याउने प्रयास गदै एकताका लागि प्रयास गर्ने दवाडीको भनाइ छ।
दण्डपाणी न्यौपाने माध्यमिक विद्यालयको खुल्ला प्राङ्गणमा बिहान ११ बजे सुरु गरिने जनसांस्कृतिक कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासंघ र सामना परिवारको विशेष प्रस्तुति रहने् कार्यक्रम छ।
जनयुद्धको समयमा एकताबद्ध भएर लडेका नेताहरु विभिन्न समयमा पार्टी विभाजन भई अलग-अलग समूहको नेतृत्व गरिरहेको भएपनि आगामी दिनमा एउटै छातामुनि ल्याउने प्रयास आयोजकले गरेको स्थानीयको बुझाइ छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया