बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)ले पालिका सम्मेलनका लागि कार्यविधि बनाउन कार्यदल बनाउने निर्णय गरेको छ।
मंगलबार खुमलटारमा बसेको पार्टी बैठकले कार्यविधि बनाउनका लागि कार्यदल बनाउने निर्णय गरेको पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन्।
उनले भने, ‘आजको बैठक संक्षिप्त भयो धेरै एजेण्डा पनि भएन, पहिलो एजेण्डा कार्यविधि बनाउने थियो, अस्ति हामीले पालिका सम्मेलन र खबरदारी सभा एकै साथ गर्ने भन्ने निर्णय गरेका थियौं। त्यो पालिका सम्मेलनका लागि विधान त पास भई सकेको हो। त्यसको लागि कार्य विधि चाहिन्छ कार्यविधि बनाउनका लागि कार्यदल बनेको छ।’
यसको साथै, उनले बैठकमा उपचुनावको बारेमा देशभरको रिपोर्टहरु लिएको भन्दै अहिलेसम्म सबै सकारात्मक नै रहेको बताए।
उनले भने, ‘दोस्रो कुरा भनेको उपचुनाव छ, त्यसको देशभरको रिपोर्टहरु लिइएको छ। अहिलेसम्म सकारात्मक नै छ भन्ने छ। कतिपय ठाँउमा सुनिश्चितजस्तै छ। बागमतीको दोलखादेखि काठमाडौं सम्मको सबै राम्रो छ भन्ने रिपोर्ट भएको छ।’
यसको साथै छिटै पार्टीको अर्को बैठक बस्ने पनि उनको भनाइ छ।
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया