बिएल संवाददाता
सर्वोच्च अदालतको न्यायधीशमा सिफारिस भएकी सारङ्गा सुवेदीविरुद्ध संसदीय सुनाइ समितिमा उजुरी परेको छ। सिफारिस भएका ६ जना न्यायधीशमध्ये सुवेदीकाविरूद्धमा उजुरी परेको हो।
न्यायपरिषद्बाट न्यायधीशका लागि सिफारिस भएकोमा अब संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भएपछि मात्रै उनीहरुको नियुक्ति हुनेछ। त्यसपूर्व उनीहरुविरुद्ध उजुरी आह्वान हुन्छ।
मंसिर ९ गते गोरखापत्रमा उनीहरुविरुद्ध उजुरी आह्वान भएकोमा सुवेदीकाविरुद्धमा धेरै उजुरी परेको संसदीय सुनाइ समिति स्रोतले बतायाे। सुवेदी उच्च अदालत विराटनगरकी कायमुकामय मुख्य न्यायाधीश हुन्।
बिएल नेपाली सेवालाई प्राप्त भएको उजुरीअनुसार सुवेदी जिल्ला अदालत धनुषामा हुँदा विवादस्पद फैसला गरेको बताइएको छ। साथै उनी गलत प्रभावमा पर्ने गरेको र कार्यक्षमतासमेत नभएको उजुरीमा भनिएकाे छ।
‘सर्वोच्च अदालत नियुक्तिका लागि सिफासिस गरिएका न्यायाधीशहरूबारे उजुरी आह्वान भएअनुसार सिफारिस गरिएकामध्ये रारङ्गा सुवेदीज्यूका सम्बन्धमा उहाँमा कार्यक्षमताको अभाव रहेको, इमान्दारिता नरहेको, गलत प्रभावमा पर्ने गरेको र न्यायाधीशमा हुनुपर्ने न्यूनतम न्यायीक मनको संवेदनशीलता प्रयोग गर्न नसक्ने व्यक्ति भएकाले उहाँलाई न्यायाधीशमा नियुक्त गर्न नहुने निम्नलिखित उजुरी गर्दछु,’ उजुरी पत्रमा भनिएको छ।
मंसिर ५गते न्याय परिषद्ले सुवेदीसहित अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकाललाई न्यायाधीशका लागि सिफारिस गरेको थियो।
पोखरेल र ढकाल वरिष्ठ अधिवक्ता हुन् भने अन्य उच्च अदालतका न्यायाधीश हुन्।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया