बिएल संवाददाता
सर्वोच्च अदालतको न्यायधीशमा सिफारिस भएकी सारङ्गा सुवेदीविरुद्ध संसदीय सुनाइ समितिमा उजुरी परेको छ। सिफारिस भएका ६ जना न्यायधीशमध्ये सुवेदीकाविरूद्धमा उजुरी परेको हो।
न्यायपरिषद्बाट न्यायधीशका लागि सिफारिस भएकोमा अब संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भएपछि मात्रै उनीहरुको नियुक्ति हुनेछ। त्यसपूर्व उनीहरुविरुद्ध उजुरी आह्वान हुन्छ।
मंसिर ९ गते गोरखापत्रमा उनीहरुविरुद्ध उजुरी आह्वान भएकोमा सुवेदीकाविरुद्धमा धेरै उजुरी परेको संसदीय सुनाइ समिति स्रोतले बतायाे। सुवेदी उच्च अदालत विराटनगरकी कायमुकामय मुख्य न्यायाधीश हुन्।
बिएल नेपाली सेवालाई प्राप्त भएको उजुरीअनुसार सुवेदी जिल्ला अदालत धनुषामा हुँदा विवादस्पद फैसला गरेको बताइएको छ। साथै उनी गलत प्रभावमा पर्ने गरेको र कार्यक्षमतासमेत नभएको उजुरीमा भनिएकाे छ।
‘सर्वोच्च अदालत नियुक्तिका लागि सिफासिस गरिएका न्यायाधीशहरूबारे उजुरी आह्वान भएअनुसार सिफारिस गरिएकामध्ये रारङ्गा सुवेदीज्यूका सम्बन्धमा उहाँमा कार्यक्षमताको अभाव रहेको, इमान्दारिता नरहेको, गलत प्रभावमा पर्ने गरेको र न्यायाधीशमा हुनुपर्ने न्यूनतम न्यायीक मनको संवेदनशीलता प्रयोग गर्न नसक्ने व्यक्ति भएकाले उहाँलाई न्यायाधीशमा नियुक्त गर्न नहुने निम्नलिखित उजुरी गर्दछु,’ उजुरी पत्रमा भनिएको छ।
मंसिर ५गते न्याय परिषद्ले सुवेदीसहित अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकाललाई न्यायाधीशका लागि सिफारिस गरेको थियो।
पोखरेल र ढकाल वरिष्ठ अधिवक्ता हुन् भने अन्य उच्च अदालतका न्यायाधीश हुन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया