बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को बडापत्रमा प्रतिष्ठापित समझदारी, विश्वास, एकता र सहयोगका मूल्य–मान्यता प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन्।
उनाञ्चालीसौँ सार्क स्थापना दिवसका अवसरमा आज दिनुभएको सन्देशमा प्रधानमन्त्रीले हाम्रा मैत्रीपूर्ण कार्य र साझा प्रयासबाट क्षेत्रीय एकता एवं विश्वास प्रवर्द्धन हुने बताएका हुन्।
सार्क प्रक्रियालाई ऊर्जा प्रदान गर्न, सङ्गठनलाई अझ सबल, प्रभावकारी एवं परिणाममुखी तुल्याउन सार्कको संस्थापक मुलुकका नाताले नेपाल प्रतिबद्ध रहेको प्रधानमन्त्रीले बताएका छन्।
दक्षिण एशियाको साझा समृद्धि तथा क्षेत्रीय एकताका निम्ति ३९ वर्षअघि स्थापना भएको सार्कमा त्यसबेलाका गरिबी, कुपोषणजस्ता चुनौतीका साथै जलवायु परिवर्तन र त्यसका प्रतिकूल प्रभावले निम्त्याएका विपत्ति एवं साइबर सुरक्षा नयाँ समस्या थपिएका प्रधानमन्त्रीले सन्देशमा उल्लेख गरेका छन्।
बडापत्र दिवस पनि भनिने सार्क स्थापना दिवसका अवसरमा अफगानिस्तानबाहेक अन्य सदस्य राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुख, परराष्ट्रमन्त्री र सार्कका महासचिवले बेग्लबेग्लै सन्देश जारी गरी सदस्य देशका जनताको समृद्धिको कामना गरेका छन्।
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया