बिएल संवाददाता
जेनजी अभियन्ता अजय सोडारीले बहालवाला प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको सरुवा प्रक्रियाप्रति कडा आपत्ति जनाएका छन्।
रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा जेनजी अभियन्ता सोडारीले कानुनले नचिन्ने पद खडा गरेर आईजीपी कार्कीलाई हटाउनु अदृश्य रूपमा बर्खास्तीसरह भएको आरोप लगाए।
‘कानुनी विकल्पहरू रहँदा रहँदै नाटक मञ्चन गरेर कानुनले नचिन्ने पद खडा गरी बहालवाला आईजीपी दानबहादुर कार्कीलाई सरुवा गर्नु यो अदृश्य ढंगले बर्खास्ती नै हो,’ सोडारीले भने, ‘बालेन सरकारले राजनीतिक स्वार्थमा गरेको यो आईजीपी प्रकरणलाई न्यायालयले सच्याउने छ भन्नेमा हामी विश्वस्त छौँ। यस्ता बेथिति अदालतले रोक्नुपर्छ।’
उनले प्रहरी संगठनको गरिमामाथि बालेन सरकारले बारबार प्रहार गरिरहेको टिप्पणी गर्दै गृहमन्त्री सुधन गुरुङ गृहप्रशासन चलाउन पूर्ण रूपमा असफल भएको दाबी गरे।
बन्द कोठाबाट आईजीपी हटाउने सरकारको निर्णयमाथि न्यायालयले विवेक पुर्याउनुपर्ने उनको भनाइ छ।
सोडारीले हाल चर्चामा रहेको ‘इनम सापकोटा प्रकरण’ न्यायालय, प्रहरी प्रशासन, जंगी अड्डादेखि प्रमुख राजनीतिक दलहरूसँग जोडिएको उल्लेख गर्दै सापकोटा कुमार बेनबाट परिचालित तथा असीम शाह र प्रधानमन्त्री बालेन शाहका मान्छे भएको आरोप लगाए।
उनले भने, ‘इनमको ढाडमा टेकेर सरकारले न्यायालयदेखि प्रहरी प्रशासनसम्म आक्रमण गर्ने प्रयास गरिरहेको छ। यो राज्यबाटै परिचालित प्रवृत्ति हो।’
यस्तै, सोडारीले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको योग्यता नपुग्ने सोडारीले टिप्पणी गरे। कोषको उपाध्यक्ष जस्तो जिम्मेवार पदमा नैतिक र सक्षम व्यक्ति जानुपर्नेमा जोड दिए।
सोडारीले भने, ‘सम्पत्ति शुद्धीकरणको मुद्दा खेपेकी र नागरिकता विवादमा परेकी आनीको विगत हेर्दा कोषमा उपाध्यक्ष बन्न उनको योग्यता पुग्दैन। उनले तत्काल यो पद अस्वीकार गर्नुपर्छ, नत्र यो पद उनैलाई महँगो पर्न सक्छ।’
अर्थमन्त्री स्वर्णिम वाग्लेको हालैको भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिप्रति आक्रामक रूपमा प्रस्तुत हुँदै सोडारीले वाग्लेको भनाइ आत्मसमर्पणवादी रहेको बताए।
‘छिमेकीहरूलाई हेप्ने र चेप्ने देश भारत नै हो। लिपुलेक, सुस्ता, कालापानी र १९५० को असमान सन्धिजस्ता राष्ट्रविरोधी विषयमा आवाज उठाउनु भारतविरोधी हुनु होइन,’ उनले भने, ‘भारतको विरोध गरेर राष्ट्रवादी बन्ने युग सकियो भन्ने वाग्लेको अभिव्यक्ति आत्मसमर्पणवादी छ। यदि प्रधानमन्त्री बालेन साँच्चै राष्ट्रवादी हो भने तत्काल वाग्लेलाई बर्खास्त गर्नुहोस्, होइन भने तपाईं पनि लम्पसारवादी नै हुनुहुन्छ भन्ने पुष्टि हुन्छ।’
सोडारीले जेनजीका मर्म र भावनाअनुसार काम गर्न सरकारलाई सचेत गराए।
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया