बिएल संवाददाता
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।
मुख्यमन्त्री पाण्डे केहीसमय अघि ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा पुगेर गिरीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन्।
भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल फर्किए पछि निमोनिया देखिएको र गत साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भएका नेता गिरीको अस्पतालमै शनिबार राति ९.३० बजे निधन भएको थियो।
गिरीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न अस्पताल परिसरमा पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तक भेला भएका छन्।
पूर्वराष्ट्रपति डा. रामवरण यादव, गृहमन्त्री बालकृष्ण खाण, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, डा. शेखर कोइराला, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य उदयशम्शेर राणालगायतले उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका हुन्।
स्व गिरीको पार्थिव शरीर बिहान ९ बजेदेखि ११ बजेसम्म मेडिसिटी अस्पताल प्राङ्गणमा रहेको शिवालय मन्दिरमा श्रद्धाञ्जलिका लागि राखिएको र बिहान ११.३० बजेदेखि दिउँसो २.०० बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिनेछ।
‘प्रिय तिमीले एक्लो बनायौ’
गाउँ र आमाहरू
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
भोइस अफ नेपालदेखि ‘कर्णाली तिर’सम्मको : आवाज बनेका अर्जुन सुनार
ब्राजिललाई मोरक्कोको चुनौती
आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना
शाकिराको ‘दाइ दाइ’ विश्वभर चर्चामा, ‘वाका वाका’ लाई उछिन्दै लोकप्रियताको शिखरमा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया