बिएल संवाददाता
राप्रपा नेपालले मुलुकमा देखिएका समस्या समाधानका निम्ति संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, हिन्दूराष्ट्र नै आजको उपयुक्त विकल्प भएको निष्कर्ष निकालेको छ।
अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले सुशासन र समृद्धिसहितको परिवर्तन नै आजको आवश्यकता रहेको ठहर गरेको हो।
बैठकले एनसेल खरिदबिक्री सम्बन्धमा सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षणसमेत गराएको छ।
यसैगरी राष्ट्र निर्माणका लागि उपयुक्त वैकल्पिक विचार र मार्गचित्र जनसमक्ष प्रस्तुत गरिने पार्टीका प्रवक्ता वसन्तमान सिंह अधिकारीले जानकारी दिए।
मार्गचित्रमा जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रतिनिधिसभालागि प्रत्यक्ष निर्वाचित तथा राष्ट्रियसभाका लागि समानुपातिक निर्वाचन प्रणाली, समावेशी तथा समानुपातिक प्रतिनिधित्व, उदार आर्थिक व्यवस्था र केन्द्र तथा स्थानीय गरी दुई तहको राज्य संरचना हुनुपर्ने उल्लेख छ।
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया