पलेशालाई कर नकटाइ ६५ लाख पुरस्कार दिने ओलीकाे घोषणा
प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकारले कर नकटाइ ६५ लाख राशीको पुरस्कार दिने घोषणा गरेका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कारमा कर नलगाइ ६५ लाख नै दिने स्पष्ट गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैँ