शुक्रबार, १७ जुलाई २०२६

राप्रपाको केन्द्रीय कार्यसमिति बैठक जेठमा, यस्ताे छ एजेण्डा

राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय समितिको बैठक तय गरेको जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले गरिबी निवारणमा जोड दिनुपर्छ: अध्यक्ष ओली

भूमि अधिकार तथा श्रमिक सङ्गठन नेपालले आज काठमाडौँमा आयोजना गरेको ‘महिला सशक्तीकरण सांस्कृतिक तथा व्यापार महोत्सव’ को उद्घाटन गर्दै उनले सरकारले जनताको आवास र आम्दानीको स्थितिलाई सुदृढ र सुनिश्चित गर्दै गरिबी निवारणमा जोड दिनुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आयोगले राष्ट्रपतिलाई बुझायो उपनिर्वाचनको परिणाम प्रतिवेदन

बिहीबार आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापनाको व्यवस्था गरिने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेविसंघको प्रवक्तामा सेजुवाल

नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिको प्रवक्ताको जिम्मेवारी अधिवक्ता सुरज सेजुवाललाई दिइएको छ। बधुबार अध्यक्ष दुजाङ शेर्पाले सेजुवाललाई प्रवक्ताको जिम्मेवारी दिएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

चीनले कम्युनिस्ट पार्टीहरुबीच सहकार्य होस् भन्ने चाहना राखेको छ: देव गुरुङ

‘चिनियाँ उच्च अधिकारीसँगको भेटले हामी उत्साहित छौँ, चीन सधैँ नेपालको समृद्धि, शान्ति र राजनीतिक स्थिरताका लागि सहयोग गर्न तयार छ’, उनले भने, ‘चीनले नेपालमा स्थिर सरकार हेर्न चाहेको छ। कम्युनिस्ट पार्टीहरुबीच सहकार्य होस् भन्ने चाहना राखेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपनिर्वाचनले एमालेको लोकप्रियता प्रमाणित गर्‍याे: प्रदीप ज्ञवाली

'इलाम र बझाङको निर्वाचनले नयाँ हौँ भन्नेहरुको अवस्था पनि देखियो, राजा फर्काउँछौँ भन्नेहरुले हजार भोट पनि कटाउन सकेनन्', ज्ञवालीले भने।

बिएल संवाददाता

बिएल संवाददाता - बैतडी

लुम्बिनी प्रदेशको आर्थिक सल्लाहकारमा गौतम नियुक्त

लुम्बिनी प्रदेश सरकारको आर्थिक सल्लाहकारमा सुरेश गौतम नियुक्त भएका छन्। अर्थमन्त्रालयमा बसेर काम गर्नेगरी मुख्यमन्त्री जोखबहादुर महराले गौतमलाई आर्थिक सल्लाहकारमा नियुक्त गरेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

इलाम–२ ले रास्वपालाई दिएको सन्देश के? 

जमानत जोगाउन नसकेपछि रास्वपाको हारलाई विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ। कतिपय रास्वपाका सभापति लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएपछि मत अपेक्षित रुपमा नआएको व्याख्या गर्छन्।

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौं

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार, नाउपाकी थापा लिइन् शपथ

नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभामा प्रतिनिनिधित्व गर्ने टीका थापालाई मन्त्रीमा नियुक्त गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - सुदूरपश्चिम

अब इलामको विकासको जिम्मा सुहाङले लिन्छन्: केपी ओली

इलाम पुगेर नवनिर्वाचित सांसद सुहाङकाे विजयी सभालाई सम्बोधन गर्दै ओलीले इलामको विकासको जिम्मा सुहाङको भएको र आफू उनको पछाडि रहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मतदाताको शिर झुक्ने कुनै पनि काम गर्दिनँ: सुहाङ नेम्बाङ

‘म मेरो बुबा (सुवासचन्द्र नेम्बाङ) को अपूरो र अधुरो सपना पूरा गर्न राजनीतिमा आएको हुँ, इलामे जनतालाई कुनै सङ्कोच नहुने गरी काम गर्नेछु,’ उनले भने, ‘मलाई निर्वाचित गराउनुभएकामा सम्पूर्ण मतदातामा धन्यवाद ज्ञापन गर्दछु।’

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

संसदीय व्यवस्थाकाे चर्काे विराेध गर्ने विप्लवकाे पार्टी पनि २०८४को निर्वाचनमा भाग लिने

वैशाख ५–९ गतेसम्म कपिलवस्तुमा बसेको केन्द्रीय कमिटी बैठकको निर्णय सुनाउँदै महासचिव विप्लवले चुनावको प्रयोग गर्ने निर्णय भएको जानकारी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन्।  मुख्यमन्त्री कँडेलले मंगलबार ६ जना मन्त्रीलाई नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन्। यससँगै कर्णाली सरकारले पूर्णता पाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘सुहाङ’को यात्रा अधिवक्तादेखि सांसदसम्म

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई पाँच हजार आठ सय ३० मतान्तरले पराजित गरेर सुहाङ इलाम–२ लाई प्रतिनिधित्व गर्दै सांसद बनेका हुन्। सुहाङले २७ हजार सात सय ७२ मत ल्याउँदा डम्बरबहादुरले २१ हजार नौ सय ४२ मत प्राप्त गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

नमिठाे हारपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ

‘इलाम र इलामेली जनताको हरेक सुख र दुःखमा मेरो सहभागिता रहनेछ। इलामको विकासमा र इलामेली जनताका इच्छा, आकांक्षा पूरा गर्ने सन्दर्भमा मबाट सदा इमान्दार प्रयत्न हुनेछ,’ मिलनले सामाजिक सञ्जालबाट भनेका छन्, ‘नेपालको राजनीतिमा कायम रहेका विकृति, विसङ्गति, भ्रष्टाचार, बेथिति इत्यादिविरुद्ध निरन्तर हामी घण्टी बजाइरहने छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लज्जापद हारपछि रवि लामिछाने भने- जित्न सकिएन, सिक्न सिकियाे

गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने उपनिर्वाचनमा जित्न नसके पनि सिक्न पाएकाे प्रतिक्रिया दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

इलाममा हारेपछि रास्वपाले भन्यो- सही समयमा घण्टी नबजाएर मतदाताले सचेत गराइदिनुभयाे

उनले निर्वाचन परिणामले आफूहरूकाे प्रयासहरूमा कैयन कमीकमजोरी रहेको इंगित गरेको दाबी गरेकाे छन्। प्रवक्ता ढकालले सही समयमा घण्टी नबजाएर बजाइदिएको सांकेतिक घण्टीले आफूहरूलाई सचेत गराएको समेत उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इलाममा ४३ मत मात्र आएपछि कमल थापाले भने- संगठन कमजोर थियो, थोरै भोट आउनु स्वभाविक हो

अध्यक्ष थापाले वर्तमान भ्रष्ट व्यवस्थाप्रति जनतामा वितृष्णा व्याप्त रहेको तथा हिन्दुराष्ट्र र राजाको लोकप्रियता बढिरहेको अवस्थामा राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्नेबारे नयाँ शिराबाट सोच्न आह्वानसमेत गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदीय समितिको बैठक बस्दै

आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ। दिउँसो २ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ