तेजन खड्का
नेपालमा मात्र पाईने एकमात्र चरा काँडेभ्याकुर मधेश प्रदेशमा पहिलो देखा परेको छ ।
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित दुधौरा खोला नजिकको चुरे वन क्षेत्रमा उक्त चरा भेटिएको हो । मिथिला वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलले नेपालमा मात्र पाइने दुर्लभ रैथाने काँडेभ्याकुर चरा मधेश प्रदेश क्षेत्रमा पहिलो पटक भेटिएको दाबी गरे ।
उनले समुद्री सतहबाट ४४३ मिटर उचाइमा रहेको वन क्षेत्रमा चराविद् हठन चौधरी र सुजन बरालले चरा अवलोकनका क्रममा सो चरा देखेको जानकारी दिए।
उनका अनुसार यसअघि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मात्र यो चराको अभिलेख रहेको थियो।

काँडेभ्याकुर चरा कस्तो हुन्छ?
काँडेभ्याकुर नेपालकै विशेष रैथाने चरामध्ये एक हो। यसको शरीर सानोदेखि मध्यम आकारको हुन्छ र सामान्यतया खैरो–खैरो वा हल्का खैरो रङ देखिन्छ। यसको शरीरमा काँडाजस्तो देखिने प्वाँखका कारण नै यसलाई “काँडेभ्याकुर” नाम दिइएको मानिन्छ। यो चरा प्रायः लजालु स्वभावको हुन्छ र धेरै खुला ठाउँमा कम देखिन्छ।
कहाँ बस्छ?
यो चरा मुख्यतः घना झाडी, चुरे क्षेत्रका वन, सुख्खा पात–पतिङ्गर भएको जंगल र कम मानवीय गतिविधि भएका क्षेत्रमा बस्न रुचाउँछ। नेपालका विभिन्न प्रदेशमा यो चरा विशेषगरी मध्यपहाडी तथा चुरे भेगका वन क्षेत्रमा पाइने गरेको अभिलेख छ। यो प्रायः जमिन नजिकै बस्ने र झाडीभित्र लुकेर रहने स्वभावको हुन्छ।

किन दुर्लभ मानिन्छ?
काँडेभ्याकुरलाई दुर्लभ मानिनुका प्रमुख कारणहरू यसको सीमित वितरण क्षेत्र र लुकेको जीवनशैली हुन्। यो चरा नेपालबाहेक अन्य देशमा नपाइने रैथाने प्रजाति मानिन्छ। साथै, वन फँडानी, चुरे क्षेत्रको बासस्थान क्षति र मानव गतिविधिको विस्तारका कारण यसको प्राकृतिक बासस्थान घट्दै गएको मानिन्छ। यसले गर्दा यसको भेट कम हुने र अध्ययन पनि सीमित हुने गरेको छ।
लामो समय देखी नेपालमा रहेका चरा तथा वन्यजन्तुको खोज तथा फोटोग्राफी गरिरहेका देबेन खरेलका अनुसार मधेश प्रदेशमा यसको नयाँ उपस्थिति फेला पर्नु भनेको चुरे क्षेत्रको वन्यजन्तु विविधता अझै पूर्ण रूपमा अध्ययन नभएको संकेत पनि हो। खरेलले यसको संरक्षणका लागि थप अनुसन्धान र बासस्थान संरक्षण आवश्यक रहेको बताएका छन्।
सडकले हुर्काएको विकास...
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
विश्व खाद्य सुरक्षा दिवस: दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु
एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया