बिएल संवाददाता
बाँकेको राप्ती नदीले खतराको तह पार गरेको छ। आज अपराह्न ४ः३० बजेको रेकर्डअनुसार पानीको सतह सात दशमलव ८२ मिटर पुगेको छ। लगातारको वर्षापछि राप्ती नदीमा बाढी आएको हो।
पानीको सतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ। बाढी बढेपछि डुडुवा गाउँपालिका–१ चौफेरीका ५० जनालाई सुरक्षित स्थानमा सारिएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए। उनका अनुसार करिब एक सयजना परिवारलाई सुरक्षित स्थानमा लैजाने तयारी भइरहेको छ।
नदी तटीय क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत सतर्क बन्न सूचित गरिएको छ। नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउनुका साथै नदीमा माछा मार्ने, नुहाउने, ओहोरदोहोर गर्ने, दाउरा सङ्कलन गर्नेजस्ता कार्य नगर्न आग्रह गरिएको छ।
डुबानको जोखिम बढेकाले उद्धारका लागि सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए। राप्तीमा पानीले खतराको तह पार गरे राप्तीसोनारी गाउँपालिकाको बैजापुर, बिनौना, फत्तेपुर, डुडुवा गाउँपालिकाको होलिया, चौफेरी, बेतहनी, कम्दी तथा नरैनापुरको गङ्गापुर, कुदरबेटवा, सोनवर्षालगायत क्षेत्र डुबानमा पर्ने गरेका छन्।
राप्तीसोनारी गाउँपालिका–१ का विभिन्न गाउँमा बाढी पस्न थालेको स्थानीयले बताएका छन्। बाघखोर गाउँका १० घरमा राप्तीको पानी पसेको बताइएको छ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया