सन्तोष न्यौपाने
युरोपीयन भूमि बेल्जियममा रहेका नेपाली दिदी-बहिनीहरुमा तीजको रौनकता बढ्न थालेकाे छ।
यहाँको नेपाली समजमा तीज आउनु अगाडिदेखि नै दर खाने र खुवाउने प्रचलन रहँदै आएको छ। बेल्जियममा एक दशकभन्दा बढी समयदेखि तीज मनाउन जान नपाएका चेलीहरु पनि प्रसस्तै रहेका छन्। उनीहरूले दर खाने कार्यक्रम राखेर नेपाली तीजकाे झल्काे मेटाउने गरेका छन्।
शनिबारदेखि बेल्जियमका विभिन्न सहरहरुमा तीज कार्यक्रम सुरु भएकाे छ। ब्रुज सहरमास्थित एभरेस्ट नेपाली समाजले तीज कार्यक्रम आयोजना गर्यो। त्यस्तै आन्त्रप ब्रुज ब्रसेल्समा पनि तीज कार्यक्रम हुन गइरहेकाे छ। यहाँ हुने तीज कार्यक्रमले चेलीहरुको थोरै भएपनि माइतीको तिर्सना मेटाउने काम गरेकाे छ।
त्यसो त बेल्जियममा रहेका महिलाकै संघ-संस्थाहरुले पनि तीज कार्यक्रम अलि भिन्न तरिकाले मनाउन गइरहेका छन। उनीहरुले धेरै तडकभडक नगरेर कार्यक्रमबाट संकलित रकम नेपालकाे समाज सेवामा लगाउने तयारीका साथ जुटेका छन।
बेल्जियममा हुने सबै कार्यक्रममा दर खुवाउने काम यहाँका दाजु-भाइहरुले गर्दै आएका छन्। यस्ता कार्यक्रमले चेलीहरुलाई थोरै भए पनि माइतीको नियास्रो मेटाउन सहयोग गर्दछ।
साथै नेपाली पर्वहरु युरोपमा मनाएर यसको संरक्षण र यहाँ रहेका साना नेपाली नानीहरुका लागि संस्कृतिको परिचय दिन यस्ता कार्यक्रमले टेवा पुर्याएको छ।
कार्यक्रममा ब्रुज शहरका मेयरका उम्मेदवार पाब्लो एनिसको पनि उपस्थिति रहेको थियो। नेपालमा पाइला टेकेका पाब्लो नेपाली संस्कृतिप्रति हुरुक्क हुन्छन्। आफू मेयरमा जितेको खण्डमा नेपाली समाजको लागि आवश्यक रहेको ठुलो हलको लागि पहलसहित ब्रुज सहरको तर्फबाट प्रायोजनको लागि पहल गर्ने बताए।

अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया