बिएल संवाददाता
पोखरा महानगरपालिका–२३ बाम्दीमा संचालित ‘पोखरा मोटो–ईन्डुरो क्रस च्याम्पियनसीप–२०२४’को नाममा ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पोखरा राईडर्स क्लबका अध्यक्ष सोनिक क्षेत्रीसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
गत वर्षको चैत २३ र २४ गते बाम्दीमा संचालित उक्त च्याम्पियनसिपमा प्रथम भएको समूहलाई पुरस्कार बापतको एक लाख ५० हजार रुपैंयाँ नदिएको आरोपमा प्रहरीले पोखरा महानगरपालिका–५ प्रस्याङ निवासीे २९ वर्षीय क्षेत्रीको साथमा उक्त च्याम्पियनशिपका संचालक तथा निर्देशक अछामको सिउडी गाउँपालिका–१ स्थायी घर भई हाल पोखरा–६ जरेबर बस्ने वर्ष ३१ को जगत डोलीलाई पनि पक्राउ गरिएको प्रहरीले बताएको छ।
पोखराको लेकसाइडबाट पक्राउ परेका उनीहरूबिरुद्ध कास्की जिल्ला अदालतबाट ठगीसम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ।
उनीहरूले उक्त च्याम्पियनशिपमा सहभागी हुन समूह दर्ता शुल्कबापत १७ हजार रुपैंयाँ लिएको भए पनि च्याम्पियनलाई दिनुपर्ने एक लाख ५० हजार नदिएको र पैसा दिनुको सट्टा लुकिछिपी हिडेपछि प्रहरीमा उजुरी परेको प्राप्त समाचारमा जनाइएको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया