बिएल संवाददाता
पोखरा महानगरपालिका–२३ बाम्दीमा संचालित ‘पोखरा मोटो–ईन्डुरो क्रस च्याम्पियनसीप–२०२४’को नाममा ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पोखरा राईडर्स क्लबका अध्यक्ष सोनिक क्षेत्रीसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
गत वर्षको चैत २३ र २४ गते बाम्दीमा संचालित उक्त च्याम्पियनसिपमा प्रथम भएको समूहलाई पुरस्कार बापतको एक लाख ५० हजार रुपैंयाँ नदिएको आरोपमा प्रहरीले पोखरा महानगरपालिका–५ प्रस्याङ निवासीे २९ वर्षीय क्षेत्रीको साथमा उक्त च्याम्पियनशिपका संचालक तथा निर्देशक अछामको सिउडी गाउँपालिका–१ स्थायी घर भई हाल पोखरा–६ जरेबर बस्ने वर्ष ३१ को जगत डोलीलाई पनि पक्राउ गरिएको प्रहरीले बताएको छ।
पोखराको लेकसाइडबाट पक्राउ परेका उनीहरूबिरुद्ध कास्की जिल्ला अदालतबाट ठगीसम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ।
उनीहरूले उक्त च्याम्पियनशिपमा सहभागी हुन समूह दर्ता शुल्कबापत १७ हजार रुपैंयाँ लिएको भए पनि च्याम्पियनलाई दिनुपर्ने एक लाख ५० हजार नदिएको र पैसा दिनुको सट्टा लुकिछिपी हिडेपछि प्रहरीमा उजुरी परेको प्राप्त समाचारमा जनाइएको छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया