
बिएल संवाददाता
रामेछापको शैलुङमा यस वर्षको हिउँदको पहिलो हिमपात भएको छ।
शैलुङका साथै जिल्लाका अन्य उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। जिल्लाको माथिल्लो हिमाली क्षेत्रमा मंगलबारबाट हिमपात सुरु भएको हो।
दोरम्बा शैलुङ गाउँपालिकाको शैलुङ खोलाखर्क क्षेत्रमा मंगलबार पहिलो पटक हिमपात भएको स्थानीय दावासाङ्बु शेर्पाले जानकारी दिए। मंगलबारबाट शैलुङमा बाक्लो हिउँ परेको छ।
हिउँ परेसँगै शैलुङका डाँडा मनोरम र सेताम्य भएका छन्। शैलुङमा हिउँ परेपछि हिउँ खेल्ने पर्यटकहरू त्यहाँ पुग्ने गर्छन्।
हिउँ परेपछि बालीनाली राम्रो उत्पादन हुने भन्दै स्थानीय किसान समेत खुसी भएका छन्। हिउँले खाएको माटो मलिलो हुने तथा जमिनमा ओस पस्ने भएकोले राम्रो उब्जनी हुने किसानहरू बताउँछन्।
बहुविवाहको चर्चाः आमाप्रतिको अपमान!
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया