बिएल संवाददाता
बारा प्रहरीले धार्मिक स्थलमा उच्छृखलता प्रदर्शन गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।
महागढीमाई नगरपालिका-१ मा रहेको विश्व प्रसिद गढीमाई मन्दिरमा आएका दर्शनार्थीलाई अमर्यादित क्रियाकलाप गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाराले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सो घटनामा संलग्नलाई पक्राउ गरिएको पुष्टि गरेको छ।
पक्राउ पर्नेमा रौतहटको बृन्दावन नगरपालिका-२ बस्ने २३ वर्षीय एजाज अंसारी, महागढीमाई नगरपालिका-१ बस्ने १९ वर्षीय अरमान अंसारी र ३६ वर्षीय विधासागर पटेल छन्।
जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाका अनुसार सीसीटीभी फुटेजको आधारमा पहिचान गरी तीनै जनालाई पक्राउ गरिएको हो ।
विश्व प्रसिद गढीमाई मन्दिरमा पञ्च वर्षीय मेला चलिरहेको अवस्थामा मन्दिरका दर्शनार्थीले चढाउन ल्याएका परेवा लुट्ने, मन्दिरको घण्टी, पंखा, त्रिशुल, सीसी क्यामेरा, दान पेटिका र गढीमाई मन्दिरको विवाह मण्डपसमेत तोडफोड गरी क्षति पुर्याउने कार्यमा संलग्न रहेको उनले जानकारी दिए।
प्रहरीलाई समेत डयूटीमा बाधा पारी उच्छृङ्खल क्रियाकलाप गरेको सूचनाका आधारमा सो घटनामा संलग्न भएका व्यक्तिहरूलाई पहिचान गरि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
पक्राउ परेका तीनैजनालाई प्रहरी हिरासतमा राखी घटनाको थप अनुसन्धान भइरहेको बारा प्रहरीले जानकारी दिएको छ।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया