बिएल संवाददाता
धनुषाको धनुषाधाम नगरपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका छन्।
धनुषाधाम नगरपालिका-५ पर्वताका देवलाल ठाकुरले श्रीमती जनकपुरधाम उपमहानगरपालिकाको महुवा कपिलेश्वर माइती भएकी अन्दाजी २९ वर्षीया संगीता ठाकुरको हत्या गरेका हुन्।
प्रारम्भिक अनुसन्धानका अनुसार श्रीमानसँग राति करिब २ः३० बजे संगीताको झगडा हुँदा देवलालले टाउकोमा लौरो प्रहार गरि हत्या गरेको हुनसक्ने इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ। देवलालको मानसिक अवस्था सामान्य नरहेको स्थानीयवासीको भनाइ छ।
देवलाललाई धनुषाधाम प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। मृतकको शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधामामा पठाइएको इलाका प्रहरी कार्यालय धनुषाधामले जानकारी दिएको छ।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया